पर्वत, ८ साउन – कुस्मा नगरपालिका १४ आर्थर डाँडाखर्कका नवनिर्वा्चित वडाध्यक्ष भीमप्रसाद गुरुङमाथी आर्थिक अनियमितता गरेको आरोपमा अख्तियारले छानविन थालेको छ । गुरुङमाथी पञ्चकोशी माविको अध्यक्ष हुँदा शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा अख्तियारमा तारेखमा वोलाएर अनुसन्धान गरिरहेको जनाएको छ । पञ्चकोशी माविको अध्यक्ष हुँदा रकम लिएर शिक्षक नियुक्ति गरेको सम्वन्धमा जिल्ला शिक्षा कार्यालय मार्फत पटक पटक पत्र काटेर जवाफ माग गरिएको अख्तियार पोखराले जनाएको छ । शिक्षक नियुक्तिमा आर्थिक चलखेल गरेको, पञ्चकोशी पञ्चधाम सहकारीको सचिव र सहकारी पसल व्यवस्थापक हुँदा आर्थिक हिनामिना गरेको, भिडिएफ संस्थाको रकम हिनामीना गरेको जस्ता विषयमा गुरुङमाथी अनुसन्धान थालिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ । त्यस्तै सहकारी र भिडिएएफ कार्यक्रमको अनियमितताका वारेमा जिल्ला समन्वय समिति मार्फत स्पष्टिकरण लिईरहेको पनि श्रोतले बताएको छ ।