पर्वत, ८ साउन – जिल्लाको कुश्मा नगरपालिका–१२ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालन भएको छ । पर्वत क्षेत्र नं. २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष ०७३/७४ को बजेटमार्फत रकम उपलव्ध गराएपछि एम्बुलेन्स सेवा संचालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पुरा गरिसकिएको र अब केहि दिनमै संचालनमा ल्याउने तयारी भएको सांसद लम्सालले जानकारी दिए । एम्बुलेन्स सेवा नहुँदा लामो समयदेखि समस्या झेल्दै आएको ठुलीपोखरी लगायत आसपासका साविकका गाविसहरु खौलालाकुरी, आर्थरडाँडाखर्क, पकुवा लगायतका बासिन्दाहरु बढि मात्रामा लाभान्वित हुने भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा सवैखाले उपचार सेवाहरु नहुँदा रिफर गर्नुपर्ने बिरामीहरुले सास्ती खेप्दै आएका थिए । अबभने गाउँलेहरुले प्रत्यक्ष रुपमा सेवा पाउने र रिफर गर्नुपर्ने बिरामीहरुलाई पनि सदरमुकाम कुश्माबजार र पोखरा काठमाण्डौ पु¥याउन सहज हुने ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष कुमार सुवेदीले जानकारी दिए । जिल्लाका सवै स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा पु¥याउने अभियानमा लाग्नुभएको सांसद लम्सालले यसअघि दक्षिण पर्वतको हुवास, फलेवास नगरपालिकाको पाङराङ, महाशिला गाउँपालिकाको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सुचारु भैसकेको जानकारी दिए । नागरिकका लागि स्वास्थ्य सेवा सवैभदा संवेदनशिल विषय भएकाले एम्बुलेन्स लगायत अन्य अत्यावस्यकिय सेवाहरु उपलव्ध गराउन आफु निरन्तर क्रियाशिल रहेको पनि सांसद लम्सालले बताए । जिल्लाका सवै वडा तथा गाउँहरुमा सडक सुविधा पुगेको भएपनि नियमित यातायातका सवारीसाधन नचल्दा एम्बुलेन्स सेवाको चर्को आवश्यकता खड्कीएको थियो ।