बागलुङ, ७ साउन – नेपाली काँग्रेसका संस्थापक नेता वि.पि. कोईरालाको ३५ औं बि.पि. स्मृति दिवस बागलुङमा पनि मनाईएको छ । बि.पि.को सम्झानामा बागलुङ नगरपालिका १ मालढुंगा खुदुर्केमा रहेको बि.पि.बनबाटिकामा काँग्रेसका नेता कार्यकर्ताले शुक्रवार बृक्षरोपण गरेका थिए । अघिल्ला बर्ष रोपिएका विरुवामा गोडमेल गरीएको र नयाँ विरुवा रोपिएको सभापति दिपेन्द्र बहादुर थापाले बताए । कार्यक्रममा पूर्व सभापति गोविन्द्र प्रसाद कंडेलले बिरुवा रोपिसकेपछि वि.पि.ले देखाएको बाटोमा काँग्रेस हिडन नसकेको टिप्पणी गरे । मुलुकमा लोकतन्त्र र गणतन्त्र संस्थागत गर्नका लागि नेपाली काँग्रेस बि.पि.ले देखाएको बाटो हिडनुपर्ने आवस्यकता उनको थियो । बि.पि.को सम्झानामा उक्त स्थानमा पार्क समेत निर्माण गरिएको काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए । वि सं १९७१ भदौ २४ गते जन्मिएका बीपीको घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते निधन भएको थियो । जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमनिर्वाचनमा काँग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वा्चित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व गरेका थिए ।