बागलुङ, ७ साउन – जिल्लामा शुक्रबार म्याग्दी र बागलुङका विद्यालय निरिक्षक र स्रोत व्यक्तिहरुलाई विद्यालय सुधार योजना सम्बन्धि जानकारी गराईएको छ । नेपाल गाजा डेभलपमेन्ट फाउन्डेशनको आयोजना जिल्ला शिक्षा कार्यालयको समन्वय र प्लान इन्टरनेशनल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा जिल्ला शिक्षा कार्यालय कास्कीका उपजिल्ला शिक्षा अधिकारी दिपेन्द्र ढकालले विद्यालय सुधार गर्नको लागि गराउनुपर्ने योजनाहरुको बारेमा जानकारी गराएका थिए । उनले लैङ्गिक विभेदको अन्त्य, समावेशी शिक्षाको बारेमा जानकारी गराएका थिए । विद्यालय सुधार योजना निर्माणको लागि विद्यालयहरुले सम्पूर्ण प्रकृया पुरा गर्न नसकेको बताउँदै त्यसको लागि तालिम प्रभावकारी रहेको बागलुङका निमित्त जिल्ला शिक्षा अधिकारी कुश्माराज उपाध्यायले बताए । तालिममा म्याग्दीका र बागलुङका २५–२५ विद्यालयका १५ जना विद्यालय निरिक्षक र स्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल गाजा फाउण्डेसनका कार्यसमिति सदस्य भवानी प्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न भएको तालिमको उद्घाटन सत्रको संचालन परियोजना अधिकृत लाल बहादुर पुर्जा मगर गरेका थिए । उद्घाटनसत्रमा प्लान नेपालका जेन्डर अफिसर कला उप्रेती र म्याग्दीका निमित्त जिल्ला शिक्षा अधिकारी विश्व प्रकाश रेग्मीले बोलेका थिए । नेपाल गाजा फाउण्डेसनले बाल विकास केन्द्रदेखि ३ कक्षा सम्मका बालबालिकाहरुलाई केन्द्रित गरी बालमैत्रि बसाई सहितको कक्षा व्यवस्थापन, नमुना कक्षा व्यवस्थापन भित्ते लेखन सहित, शैक्षिक सामाग्रि, बालबालिकाको लागि सिकाई सामाग्री वितरणको कार्यक्रम गर्दै आएको छ ।
Previous Articleबागलुङमा विपि स्मृती मनाईयो
Next Article यस वर्ष हाइड्रोमा थप कर्जा नजाने सम्भावना