बागलुङ, ७ साउन – नेपाल तरुणदल बागलुङका अध्यक्ष उमाकान्त शर्मा ‘बाबु’ले जिल्ला कार्यसमितिलाई पूर्णता दिएका छन् । शुक्रवार ८ जना सदस्य मनोनित गरेर समितिलाई पूर्णता दिएका हुन् ।
तरुणदलको विधान बिधान २०१० संसोधित २०६९को धारा १६ को उपधारा ३ बमोजिम अध्यक्षबाट मनोनित गर्ने व्यवस्था बमोजिम उनिहरुलाई मनोनित गरिएको शर्माले बताए । मनोनित सदस्यमा ध्र्रव खड्का, दिनेश आचार्य, महेन्द्र खण्डका, मिमबहादुर श्रीष, थमबहादुर सुवेदी (राजु), कृष्ण भण्डारी, कल्याण कायत र दिपक आचार्य रहेका छन् । तरुणदल कांग्रेसको संगठन धान्ने भातृ संगठन हो ।
गत बर्ष तमानमा भएको अधिवेसनबाट शर्मा जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । कार्यसमितिले पूर्णता पाएकोले अवका दिनमा प्रदेश र संघिय निर्वाचनमा पार्टीलाई पहिलो बनाउने लक्षका साथ पार्टी संगठन अभियानमा लाग्ने उनले बताए । जिल्ला समितिका पदाधिकारी र सदस्यलाई परिचालन गरेर पार्टीको संगठन चुस्त बनाउने तथा कार्यकर्ता परिचालन गर्ने काममा निरन्तर लाग्ने पनि उनले बताए ।
Previous Article२०७४ साउन ७ गते शनिबारको राशिफल
Next Article बागलुङमा विपि स्मृती मनाईयो