बागलुङ, ५ जेठ-आदर्श सञ्चार सहकारी संस्था बागलुङले आफ्ना शेयर सदस्यको निधनमा श्रद्धाञ्जली सभाको आयोजना गरी मृत्यु राहत रकम परिवारलाई हस्तान्तरण गरेको छ । काँठेखोला गाउँपालिका–७ रेश दशमुरे निवासी संस्थाका शेयर सदस्य तथा शेयर सदस्य क्षेत्रबहादुर कार्कीका पिता लालबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै संस्थाले श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले १३ औं पूण्य तिथि पारेर दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभा एवम् राहत रकम हस्तान्तरण गरेको हो । हरेक दिन एक जना शेयर सदस्यबाट एक रुपैँया संकलन गरी बनाएको राहत कोषबाट संस्थाले विपत तथा दुःख पर्दा शेयर सदस्यका परिवारलाई सहयोग गर्दै आइरहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिइन् । संस्थाका शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधन हुँदा ५ हजार राहत प्रदान गर्ने संस्थाको नीति अनुसार शेयर सदस्य लालबहादुर कार्कीको १५ हजार र उनका छोराको तर्फबाट ५ हजार गरी २० हहजार रुपैयाँ राहत हस्तान्तरण गरिएको थियो । संस्थाका उपाध्यक्ष अञ्जु जिसी र पूर्वउपाध्यक्ष ओमबहादुर थापाले स्वर्गीय लालबहादुर कार्कीका छोराहरु खोकेन्द्रबहादुर कार्की, डिलबहादुर कार्की, क्षेत्रबहादुर कार्की, रोशन कार्कीलाई संयुक्त रुपमा उक्त राहत रकम हस्तान्तरण गरेका थिए । संस्थाका तर्फबाट श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष अञ्जु जिसीले स्वर्गीय लालबहादुरले समाज विकासमा गरेको योगदान र उहाँले देखेको सपना पुरा गर्न परिवार र समाजले सोही अनुसारको काम गर्नु पर्नेमा जोड दिएकी थिइन् । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक रामबहादुर जिसीले गरेका थिए । गत असार २२ गते काँठेखोला गाउँपालिका–७ रेश जिरेदीमा जीप दुर्घटनामा परी लालबहादुर कार्की र ८ वर्षे बालक दिपक कार्कीको निधन भएको थियो । दुर्घटनामा परी ८ जना घाइते भएका थिए ।
Previous Article२०७४ साउन ५ गते बिहीबारको राशिफल
Next Article एउटै कार्यालयमा दोहोरो अख्तियारी