बागलुङ, ५ जेठ-एकीकृत सेवा केन्द्र बुर्तिबाङमार्फत राहदानी वितरणबाट ५५ लाख १२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा सेवा केन्द्रबाट १ हजार ६० जनाले साधारण तर्फको राहदानी निकालेका छन्भने ५ सय ५९ जनाले दु्रत सेवाबाट राहदानी प्राप्त गरेको सेवा केन्द्र राहदानी फाँटका नायव सुव्वा लोकबहादुर कुवँरले बताए । २०७२ साल फागुन १५ गतेदेखि सेवा केन्द्रमार्फत राहदानी वितरण सुरु गरिएको थियो । यसैबीच, सेवा केन्द्रबाट यस आर्थिक वर्षमा २ हजार ८ सय जनाले नयाँ नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन्भने ९ सय ६८ जनाले प्रतिलिपि नागरिकता निकालेका छन् ।
Previous Articleकोदालो प्रहार गरी श्रीमानको हत्या
Next Article कसरी बन्ने स्मार्ट र प्रिय बुहारी ?