म्याग्दी, ५ जेठ-जिल्लाको मालिका गाउँपालिकामा श्रीमतीले आफ्नै श्रीमानको कोदालोले प्रहार गरी हत्या गरेकी छिन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार, मालिका गाउँपालिका–२ धुलावाङमा मंगलबार राती २५ वर्षिया श्रीमती रन्जना जिसीले ३४ वर्षिय श्रीमान शिव जिसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा निजको घटनास्थलमै ज्यान गएको थियो । प्रहरीले अभियुक्त रन्जना जिसीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । रन्जनाले श्रीमान शिव जिसीको हत्या गर्नुको कारण खुलेको छैन ।