मुस्ताङ, ४ साउन – जिल्लामा हावाबाट विजुली निकालिएको छ । जिल्ला प्रहरी कार्यालयमा दुई वटा पंखा जोडेर निकालिएको विजुलीबाट अहिले ५ वटा बल्ब बालेर परीक्षण सुरु गरिएको मुस्ताङ जिल्लाका प्रहरी प्रमुख डीएसपी हरिहर योगीले जानकारी दिए । उनका अनुसार प्रहरी कार्यालयमा समेत हावाको बिजुलीबाट बत्ती बाल्न थालिएको छ । आफू प्रधानमन्त्री हुँदा तत्कालिन समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले हावाबाट विजुली निकाल्ने योजना सुनाउँदा उनको कडा आलोचना भएको थियो । तर, विस्तारै विस्तारै उनका योजना कार्यान्वयनमा आइरहेको छ । जसको पछिल्लो उदाहरण मुस्ताङमा हावाबाट निकालिएको विजुली बनेको छ । स्पेनको बुद्ध पावर कम्पनीको सहयोगमा हावाबाट विजुली निकालिएको मुस्ताङ जिल्लामा दुईवटा पंखाको सहयोगमा तीन किलोवाटसम्म विद्युत उत्पादन हुने अनुमान गरिएको छ ।