बागलुङ, ४ साउन – सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक बर्ष २०७३/०७४ मा ३ करोड ७ लाख ८५ हजार मुनाफा कमाएको छ । मंगलवार संस्थाले आफ्नो वार्षिक कारोवार र मुनाफा बारे जानकारी गराएको हो । ६ बर्ष अघि स्थापना भएको यो सहकारीले अघिल्लो बर्ष २ करोड २५ लाख नाफा कमाएको थियो । सहकारी मार्फत समाजको आर्थिक विकासको सपना बोकेको यो सहकारीले सबै शेयर सदस्यलाई पनि धनी बनाउने लक्ष राखेको छ । जिल्लाभर १ वटा केन्द्रीय कार्यालय सहित ६ वटा सेवा केन्द्र स्थापना गरेर सहकारीले ५ हजार १ सय ४१ सदस्यलाई वित्तीय तथा गैर वित्तिय सेवा दिएको छ । संस्थामा हाल १५ करोड २३ लाख शेयर पूजि, ४ करोड ५ लाख संस्थागत कोष, ३१ करोड ५६ लाख बचत र ४८ करोड ७७ लाख लगानी रहेको अध्यक्ष चण्डीप्रसाद शर्माले जानकारी दिए । सहकारीले उत्कृष्ठ कारोवार गरेकोले अघिल्लो आर्थिक बर्ष आन्तरिक राजश्व कार्यालयबाट उत्कृष्ठ करदाताको सम्मान पनि पाएको थियो । सहकारीले १ अर्व १५ करोण संस्थाको कारोवार पु¥याउने लक्ष राखेको छ ।