पर्वत, ४ साउन – जिल्लाको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाका जनप्रतिनिधीहरुले गाबिसका जेष्ठनागरिकलाई घरघरमा पुगेर सम्मान गरेका छन् । बैशाख ३१ गते भएको पहिलो चरणको स्थानिय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष र ४ सदस्यहरुले वडाका ७० जना भन्दा बढी जेष्ठ नागरिकहरुलाई घरमै पुगेर दोसल्ला ओढाएर, फलफुल, जुस र मिष्ठान्न भोजन खुवाएर सम्मान गरेका हुन । वडाको तथ्याङ्कका आधारमा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरैमै पुगेर सुस्वास्थ्य तथा दीर्घायूको कामना गर्दै सम्मान गरिएको वडा अध्यक्ष मनबहादुर कुवँरले बताए । समाजममा भएका दीनहीन असहाय अशक्त अनाथ र बुढ्यौलीले सताएका व्यक्तिलाई स्याहार सुसार गर्ने हरेका नागरिको दायित्व भएता पनि पछिल्लो समय जेष्ठ नागरिक आफ्नै घर परिवारको सदस्य बाट अपहेलित भएको बेला नव निर्वाचित जनप्रतिनिधीहरुबाट सम्मान गर्दा सम्मानित जीवन जिउन प्रेरणा मिल्ने भएकोले यस्तो अभियान चलाएको उनले बताए । तपाई हाम्रो समाजको गहना हो बृद्धबृद्धाहरुलाई सम्मान गर्दै वडा अध्यक्ष कुवँरले भने तपाईको सुस्वास्थ्य एवं दीर्घायूको कमना गर्दर्छौ’ धेरै बाच्नुहोला तपाईको आशिर्वाद सदैब हामीले थाप्न पाईयोस् भनेका थिए । जनप्रतिनिधीहरुले जेष्ठ नागरिकहरुलाई कहिल्यै नरुवाउन समाजबासीलाई आग्रह गर्दै हासीँ हासीँ जीवन जिउने व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए । जेष्ठ नागरिकलाई सम्मान गर्न घरमै पुगेका जनप्रतिनिधीहरुलाई सम्मानित टिकाराम रिजालले निर्वाचितत जनप्रतिनधीहरुको तर्फबाट पाएको सम्मान प्रति खुसी व्यक्त गर्दै उक्त कार्य आफूहरुका लागि अबिस्मरणीय हुने बताए ।
Previous Articleचुनावमा जाने निर्णय सही भएको निष्र्कष
Next Article सिवाईसीको मुनाफा ३ करोड