यम कुमारी क्षेत्री, बागलुङ, ३ असोज-गौरीधाम शिव मन्दिरमा ७ लाख रुपैयाँको लागतमा व्यवस्थापकीय तथा भौतिक पूर्वाधार निर्माण गरिएको छ । मन्दिरमा आउने भक्तजनलाई सहज रुपमा पूजा गर्ने वातावरण मिलाउन तथा आर्कषक बनाउनका लागि पूर्वाधार निर्माण गरिएको गौरीधाम मन्दिर व्यवस्थापन समितिका सचिव टेकनाथ शर्माले बताए । दानमुठी तथा चन्दा संकलन गरेर उक्त पूर्वाधार बनाइएको हो । साथै मन्दिर परिसरमा बागलुङकै विभिन्न सामाजिक व्यक्तिले पूर्वाधार निर्माणमा सहयोग गरेको उनले जानकारी दिए । बागलुङ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठले ३ लाख रुपैयाँ खर्चेर १ सय ८ शिवलिंग सहित पूजा गर्ने स्थान निर्माण गरिदिएका हुन् । त्यस्तै बानपा ४ का रत्नाखर गोतामेले ५ लाख रुपैयाँ खर्चेर मन्दिरको आर्कषक प्रवेशद्वार निर्माण गरिदिएको उनले बताए । मन्दिर परिसर भित्रै राधाकृष्णको मूर्ति, नागको मुर्ति समेत स्थापना गरिएको छ । १ लाख रुपैयाँको लागतमा तामाको बसाहा पनि निर्माण भएको छ । त्यस्तै बागलुङकै बोलबम समूहले मन्दिर परिसरमै पार्वती मन्दिर पनि निर्माण गरिदिएको छ । ताराखोलादेखि ल्याइएका ५ हजार थान ढुंगा छापेपछि हिलो र धुलो बाट मुक्ति मिलेको पनि उनले बताए ।
मन्दिर परिसर भित्रै भजन र सत्संगका लागि सत्तल निर्माण गरिएको छ । उक्त स्थानमा नियमित भजनकृतन समेत हुने गरेको छ । मन्दिर वरिपरि रुद्राक्षका विरुवा रोपेर संरक्षण अभियान पनि थालिएको समितिका अध्यक्ष नयन्द्र सुवेदीले बताए । मन्दिरमा हरेक बर्ष भक्तजनले चढाएको भेटीलाई व्यवस्थित बनाउन पनि थालिएको छ । गत बर्ष साउनमा भक्तजनले चढाएको भेटीबाट ३ लाख रुपैयाँ संकलन भएको थियो । अहिले सम्मको झण्डै ७ लाख रुपैयाँ समितिले अक्षयकोष बनाएर बैंकमा राखेको शर्माले जानकारी दिए । प्रशिक्षार्थी
Previous Articleसुन्तालका बिरुवा वितरण
Next Article २२ लाखको लगानीमा बन्यो आकर्षक पार्क