बागलुङ, ३ असोज-उपल्लाचौर स्थित गौरीधाम शिव मन्दिरमा सोमबार सयौं भक्तजनले पूजा गरेका छन् । सोमबार बिहान ४ बजेदेखि पूजा गर्नेको भीड दिउसो सम्म पनि थियो । हिन्दुधर्म मान्नेहरुले साउन महिनालाई भगवान शिवको महिना मानेर पूजा तथा ब्रत बस्ने गर्छन् । साथै ब्रत बसेर पूजा गर्दा मन चिताएको कुरा पुरा हुने विश्वास समेत गर्छन् । यस पटकको साउनमा ५ वटा सोमबार परेको हुनाले पनि ब्रतको अझै बढी महत्व हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका सचिव टेकनाथ शर्माले बताए । उनले भक्तजनका लागि छिटो पूजा गर्न सक्नेगरी व्यवस्था गरेको जानकारी दिए । पूजाका लागि बागलुङको विभिन्न स्थान देखि छिमेकी पर्वत र म्याग्दी देखि भक्तजनहरु आएका थिए । साउनमा शिवको पूजाका लागि पुरुष भन्दा महिलाहरु धेरै आउने गरेको पनि उनले बताए । साउनमा महिनामा ब्रत बसेर हरियो रंगको चुरा, कपडा र मेहेन्दी लगाएमा शिव खुसी हुने नेपाली जनविश्वास छ ।
२०५८ असार १७ गते स्वर्गिय रत्नाखर शर्माले उक्त स्थानमा नाली खन्ने क्रममा विभिन्न किशिमका शिवका आकृति फेला पारेपछि स्थानीयहरु मिलेर गौरीधाम शिव मन्दिर निर्माण गरेका थिए । प्रशिक्षार्थी