म्याग्दी, ३ असोज- जिल्लाका द्वन्द्वपीडितलाई रूरु. साढे चार करोडभन्दा बढी राहत रकम वितरण गरिएको छ ।जिल्ला प्रशासन कार्यालयमार्फत दशवर्षे द्वन्द्वका क्रममा ज्यान गुमाएका, बेपत्ता भएकाको आफन्त र विस्थापित भएकालाई राहत तथा अङ्गभङ्ग भएकालाई जीवन निर्वाह भत्ताबापत चार करोड रु. ६५ लाख २१ हजार वितरण गरिएको हो । यसअघि विभिन्न चरणमा रूरु.पाँच लाख राहत रकम बुझेका द्वन्द्वपीडितलाई यसपालि एकमुष्ट रूरु. पाँच लाख थप गरेर रूरु.१० लाख पु¥याइएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए । यसैगरी, द्वन्द्वका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई पनि डेढदेखि साढे दुई लाख रुपैयाँ थप रकम दिएर रूरु. १० दश लाखको राहत प्याकेज पूरा गरिएको छ । सरकारले घोषणा गरेको एक दशकपछि द्वन्द्वपीडितले विभिन्न चरणमा पूरा राहत रकम पाएका हुन् । ८९ लाई रूरु. पाँच–पाँच लाख, चारलाई रु. एक लाख ५० हजार र एकजनाको आफन्तलाई रू. दुई लाख ५० हजार वितरण गरिएको छ । स्थानीय शान्ति समिति र प्रशासनको सिफारिसअनुसार द्वन्द्वकालमा विस्थापित भएका २९ जनाको नाममा रूरु. २५ हजारका दरले बजेट आए पनि २१ जनाले मात्र रकम बुझेका छन् । चारजना विस्थापितले यसअघि नै राहत पाइसकेका थिए । बेपत्ताको सूचीमा रहेका बरञ्जाका भीमप्रसाद भट्टचनका आफन्त कोही पनि सम्पर्कमा नआएपछि वितरण हुन सकेन । यसैगरी, द्वन्द्वकालमा अङ्गभङ्ग भएका एक जनाले मासिक रूरु. १२ हजार ४०० र चार जनाले रु. छ हजार २०० का दरले जीवन निर्वाह भत्ता पाएका छन् । द्वन्द्वकालमा अभिभावक गुमाएका १८ वर्षमुनिका तीन जनाले मासिक रूरु.पाँच हजारका दरले पूरै वर्ष र पछि सिफारिस भएका एक जनाले चार महीनाको सहयोग पाएका छन् । सम्बन्धित व्यक्तिको बैंक खातामा रकम जम्मा गरिएको प्रशासनका लेखापाल विष्णुप्रसाद पौडेलले बताए । रासस
Previous Article२०७४ साउन ३ गते मंगलबारको राशिफल
Next Article नियम उल्लंघन गर्ने सवारीलाई कारवाही