विक्रम सुनार, बागलुङ, २ असोज-करदाता सेवा कार्यालय बागलुङले आर्थिक वर्ष २०७३÷७४ मा ३७ प्रतिशत वृद्धि राजश्व संकलन गरेको छ । आर्थिक वर्षको असार मसान्त सम्म १८ करोड १७ लाख ६१ हजार २ सय २९ रुपैयाको राजश्ज संकलन गरेको छ । गत आर्थिक वर्षमा १७ करोड २५ लाख ९९ हजार ६ सय एक रुपैया गरेको कार्यालयले यो आर्थिक वर्षमा ३७ प्रतिशतले वृद्धि भएको हो । आन्तरिक राजश्व कार्यालय पोखराले १४ करोड ३४ लाख लक्ष्य दिएको थियो । पोखाराले दिएको लक्ष्यको राजश्वमा २७ प्रतिशत वृद्धि भएको करदाता कार्यालय बागलुङका कर अधिकृत सुर्यप्रसाद चापागाईले बताए । गत आर्थिक वर्षको तुलनामा बजार अनुगमनलाई तिव्रता दिई दर्ता नभई संचालन गरिएका व्यवासयलाई कानुनी दायरमा ल्याई दर्ता शुल्क बुझाउन लगाएको, वर्षौ देखि पनि कर नबुझाएका व्यवसायीहरुलाई विभिन्न माध्यमबाट कर चुक्ता गराउन लगायतका अभियानले गर्दा राजश्वमा वृद्धि भएको कर अधिकृत चापागाईले बताए । यो वर्षमा बागलुङका १ हजार पसलहरुमा अनुगमन, कर नबुझाएकाहरुलाई पत्र तथा फोन सम्पर्क रजिष्टर चिठी पठाउने लगायको कार्य गरेको थियो । कार्यलयका अनुसार गत वर्ष जम्मा ७ सय ३५ प्यान र यो आर्थिक वर्षमा १५ सय ७४ दर्ताभएका छन । त्यस्तै आयकर विवरण कर तर्फ गत वर्ष ३ हजार ७६ र अहिले ४ हजार १ सय ८७ वटा प्रमाणित गरिएको, कर शिक्षा कार्यक्रम अन्तरगत गत वर्ष ३ र यो वर्षमा १४ वटा नविकरण तथा प्रमाणित गराउन सफल भएको कार्यालयले जनाएको छ । साथै करदाता कार्यलय बागलुङले स्वतःप्रकाशित गरि जिल्लाको पहिलो सुचना मैत्री सरकारी कार्यलय समेत बनेको छ । आम नागरिकको सुसुचित हुने हकलाई ध्यानमा राख्दै आफ्नो निकायको जवाफदेहिता,पारदर्शिता र विश्वासनीयताका लागि नियमित रुपमा विवरण स्वतः प्रकाशित गरेको कार्यालयले जनाएको छ । तर बागलुङका अन्य सरकारी निकाय तथा सार्वजनिक निकायले स्वतः प्रकाशित नगरेको पाईएको बताइएको छ । नेपालको संविधान २०७२ को धारा २७ मा प्रत्याभुत एवं धारा २८ मा व्यवस्थित सुचनाको हकलाई संरक्षण गर्न सुचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ४ (५) र नियमावली २०६५मा प्रत्येक सार्वजनिक निकायले सार्वजनिक सरोकार एवं गतिविधीहरुको विवरण प्रत्येक ३ महिनामा प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको छ ।
Previous Articleप्रधानन्यायाधीशमा पराजुलीको नाम सर्वसम्मतिले अनुमोदन
Next Article आंशिक प्राध्यापकद्वारा क्याम्पसमा ताला