काठमाडौं, १ साउन– संसदीय सुनुवाई विशेष समितिले न्यायाधीश गोपाल पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिलेअनुमोदन गरेको छ । संवैधानिक परिषद्ले पराजुलीको नाम प्रधानन्यायाधीशका लागि प्रस्तावित गरेको थियो ।
उक्त प्रस्तावपछि समितिले पराजुलीविरुद्ध कुनै उजुरी भए दिन सूचना आव्ह्रान गरेको थियो । उनीविरुद्ध कुनै उजुरी परेन । आइतवार विहान भएको सुनुवाइपछि पराजुलीको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मतिले अनुमोदन भएको समितिका सभापति कुलबहादुर गुरुङले बताए । सुनुवाइका क्रममा पराजुलीले सांसदहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिएका थिए । न्यायिक बृतमा पराजुली मुद्दा छिटो वुझ्ने, न्यायसम्पादन निष्पक्ष गर्ने र निर्भिक स्वभावका न्यायाधीशका रुपमा चिनिन्छन् ।