बागलुङ, १ साउन- नगरपालिका ७ बामिया र वडा नं ३ हटिया जोडने दरम खोलामा झोलुङगे पुल निर्माण सम्पन्न भए सँगै हस्तान्तरण गरिएको छ । ८७ मिटर लम्बाई रहेको पुल नगद रु ३३ लाख २२ हजार ४ सय ५ रुपैयाँको लागतमा निर्माण गरिएको समितिले जनाएको छ । पुल निर्माणको लागि जिल्ला समन्वय समिति बागलुङबाट रु १ लाख ७ सय ७१, गाविस बाट रु १ लाख १२ हजार २ सय ६० सहयोग प्राप्त भएको थियो भने रु ६८ हजार ३ सय २३ रुपैयाँको स्थानियले जनश्रमदान गरेका छन् । आर.टि.ए.पि पोखराका प्राविधिक अधिकृतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गलकोट खबर डट कम अनलाईन प्रमुख थम्मन थापा सन्देश र भीमापोखरा युवा कल्व (विवाईसी) बागलुङका सामाजिक परिचालक प्रेम बहादुर केसीले मन्तव्य राखेका थिए । गत माघ २० गतेबाट निर्माण सुरु गरिएको उक्त पुलको निर्माण कार्य शनिबार सम्पन्न भएको हो । नर बहादुर थापा मगरको अध्यक्षतामा ५ सदस्यीय पुल मर्मत तथा सम्भार समिति समेत गठन गरिएको छ । समितिको सचिवमा रत्न बहादुर मल्ल, कोषाध्यक्षमा पुतली दर्जी, सदस्समा टिका बहादुर खड्का रहका छन्भने पुल हेरालुको रुपमा मन बहादुर दर्जी लाहुरेलाई चयन गरिएको छ । पुल निर्माण भएपछि स्थानियलाई आवतजावतमा थप सहजता भएको छ । त्यहाँ रहेको पुरानो झोलुङगे पुल जिर्ण भएपछि नयाँ पुल निर्माण गरिएको हो । कार्यक्रम चिसापानी झोलुङगे पुल निर्माण समितिका उपाध्यक्ष नर बहादुर थापा मगरको अध्यक्षता र सचिव रत्न बहादुर मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ साउन १ गते आईतबारको राशिफल
Next Article पशुसेवा कार्यालयको प्रगति ९८ प्रतिशत