बागलुङ, ३१ असार – बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेमा खानेपानीको हाहाकार छ । नजिकमा खानेपानीको मुहान नहुँदा भकुण्डेका बासिन्दा सधै खानेपानीको जोहो गर्न आधा घण्टा हिड्र खानेपानी ल्याउनको लागि जाने गरेका छन् । भकुण्डेका ८ सय ३१ घरधुरीका बासिन्दा खानेपानीको चरम अभावमा छन् । ५ वर्षपहिले पानी संकलनको लागि १ सय ३५ घैटो निर्माण गरिएको पछि केही सहजता आएपनि अझै आवश्यक अनुसार पानीको प्रयोग गर्न नसकिएको स्थानीयहरु बताउछन् । घैटोको पानी खानको लागि मात्र प्रयोग गर्दा २ महिना मात्र हुन्छ स्थानीय विजुला थापाले भनीन् ‘बर्खा लाग्दा त अल्ली सजिलो छ, अरु समय पानीको हाहाकार हुने गर्दछ । हामीहरु अझै खानेपानीको लागि ३० मिनेटको दुरीमा पुगी पानी ल्याउनुपर्ने बाध्यता छ स्थानीय थापाले भनीन् ‘खानेपानीको लागि आधा घण्टा हिड्नुपर्ने भएतापनि कपडा धुना, नुहाउनको लागि २ घण्टा हिड्ेर खोलामा जानुपर्छ ।’ खानेपानीको लागि साविकको भकुण्डे वडा नम्बर २ नम्बर वडाका बासिन्दाहरु सौर्य खोलामा पानी ल्याउनको लागि जाने गर्दछन् । भकुण्डेका १ सय ३५ घरधुरीका बासिन्दाहरुलाई अझै पनि घरपालुवा जनावरहरुको लागि पनि पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको छ । खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख पूर्ण प्रसाद उपाध्यायले अहिले भकुण्डेबासीहरुको लागि खानेपानीको सर्वेक्षण भईरहेको जानकारी दिए । भकुण्डेमा ८ सय ३१ घरधुरीलाई खानेपानीको अभाव भएतापनि भकुण्डेको लामिडाँडाका १ सय ३५ घरधुरीलाई धेरै अभाव भएकाले उहाँहरुको लागि काम अगाडी बढाइएको प्रमुख उपाध्यायले जानकारी दिए । अहिले ठूलोथर मुहानको पानीलाई लिफ्ट मार्फत लैजानको लागि हामीले सर्वेक्षण गरिरहेका छौं प्रमुख उपाध्यायले भने– ‘लिफ्ट मार्फत ८५ मिटर माथि पानी लैजाने र ट्यांकी बनाई घरघरमा पानी पु¥याउछौं ।’ उक्त खानेपानीको लागि आर्थिक वर्ष २०७३/०७४ को लागि ३ लाख बजेट भएकाले अहिले डिभिजन खानेपानी कार्यालयले सर्वेक्षण गर्ने काम गरिरहेको र साउनबाट लिफ्टको प्रक्रिया अगाडी बढाउन लागेको जानएको छ । अब बजेट आएमा १ वर्षभित्रमा प्रत्येक घरमा पानी पु¥याइने डिभिजन खानेपानीका कार्यालयका प्रमुख उपाध्यायले बताए ।
Previous Articleलक्ष्यभन्दा बढी मुद्दा फर्छाैट
Next Article बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक