बागलुङ, ३१ असार – बागलुङ नगरपालिकाको प्रथम नगर सभामा आर्थिक बर्ष २०७४ र २०७५ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । मध्यपहाडी व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर समृद्ध, सांस्कृतिक बागलुङ नगरको दीर्घकालिन लक्ष्य प्राप्तीका लागि ‘पर्याप्त पुर्वाधार सहितको कृषि व्यापार पर्यटन र रोजगार समृद्ध बागलुङ नगर निमार्णको आधार’ भन्ने मुल मन्त्रका साथ नगरप्रमुख जनकराज पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा नगर क्षेत्रमा रहेका महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु कालिका भगवती मन्दिर, पञ्चकोट भैरवस्थान, भकुण्डे, संसारकोट बौडाईचौर, रंगवेकटेश्वर मन्दिर, निरयघाट क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गरिने भएको छ । बागलुङ नगरका साँस्कृतिक तथा धार्मिक महत्वका स्थानहरुको बृहत्तर अध्ययन गरी योजना तयार गरी गुरुयोजना अनुसार लगानी केन्द्रित गर्ने, नगरभित्र नगर बस सेवा संचालन गरिनुका साथै सडकको स्तरबृद्धि गरिने निति तथा कार्यक्रममा उल्लेख छ । शहरी बस्तीलाई व्यवस्थित गर्न घर नक्शा स्वीकृतिलाई दुई चरणमा गर्ने साविकको व्यवस्थालाई यथावत कार्यान्वय गरिने, सिटी हलको लागि जगगाको उचित व्यवस्थापन गरी उत्पादन र उत्पादकत्वका आधारमा बिशेषलाई कृषिका पकेट क्षेत्रको विकास गरिने, कृषि तथा पशुपालन र घरेलु उद्यमसंग सम्बन्धित व्यवसायमा संलग्न उद्यमीहरुलाई उत्पादन लक्षका आधारमा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरिने, सहकारी क्षेत्रलाई नगरको आर्थिक विकासको एक आधार स्तम्भको रुपमा विकास गर्न उत्पादनमुखी सहकारीमा जोड दिने नीति रहेको नगरप्रमुख पौडेलले बताए । नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह गरिने दैनिक सेवालाई छिटो छरितो सरल जनमुखी पारदर्शी बनाउने लगाएका ४० वटा बुँदामा नीति तथा कार्यक्रममा उल्लेख छ ।
ताराखोला गाँउपालिकाको बजेट १८ करोड
ताराखोला गाँउपालिकामा १७ करोड ९० लाख ७१ हजार बराबरको नीति तथा कार्यक्रम शुक्रबार गाँउसभामार्फत सार्बजनिक गरिएको छ । सभालाई सम्बोधन गर्दै ताराखोला गाँउपालीकाका प्रमुख प्रकाश घर्तिमगरले आर्थिक बर्ष २०७४ र ०७५ को लागी बजेट निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् । उनले सशर्त अनुदानतर्फ ६ करोड ४८ लाख ३८ हजार बराबरको बजेट बिनियोजित भएको बताए । आन्तरिक राजस्वतर्फ २० लाख ७५ हजार, सामानीकरण अनुदानतर्फ १० करोड ७३ लाख ५८ हजार बिनियोजीत भएको बताए । संघीय संरचना र पुर्वाधार बिकासको लागी ४८ लाख बिनियोजन भएको छ । घर्तीले सडकलाई उच्च प्राथमिकताका साथ रकम बिनियोजित गरिएको बताउदै स्थानिय यातायात पुर्बाधार बिकास कार्यक्रममा सडक निर्माण तथा मर्मतको लागी ३ करोड २४ लाख ४८ हजार रकम बिनियोजित भएको जानकारी दिए । लक्षित बर्गको लागी पर्याप्त बजेट बिनीयोजीत गरीएको छ । जसमा महिला नेतृत्ब बिकास सिपमुलक तालिमको लागी ४ लाख ३२ हजार दलित तथा जनजातिलाई समान ४ लाअ ३२ हजार, युवा १ लाख ९२ हजार, फरक क्षमता ४ लाख ३२ हजार ज्येठ नागरिकको लागी १ लाख ९२ हजार र बालबालिकाको लागी ४ लाख ३२ हजार बजेट गरि कुल १९ लाख ६८ हजार बिनियोजीत भएको छ । आबाज कृषि बन तथा बिकास आयआर्जन कार्यक्रमको लागी ९९ लाख ८४ हजार रुपैया बजेट बिनीयोजीत गरिएको छ । बिद्यालय क्षेत्र सुधारको लागी १ करोड ३६ लाख ३२ हजार बजेट बिनीयोजन भएको छ । आबाज स्बास्थ्य सरसफाई तथा फोहोरमैला ब्यबस्थापनको लागी १९ लाख २० हजार रकम बिनीयोजीत भएको छ । आबाज ढल निकास र खानेपालीतर्फ २१ लख ६० हजार रुपैया बिनीयोजित भएको घर्तिले जानकारी दिए । सामाजीक भबन तथा पुर्वाधार बिकासको लागी ५४ लाख ८६ हजार ३ सय ८३ रुपैया बजेट बिनीयोजन भएको छ । ऋाबाज प्र्रयटन प्रबर्धनको लागी १४ लाख ४० हजार बराबरको निति कार्यक्रम निर्माण भएको छ । आबाज आन्तरिक राजश्ब पुँजिगततर्फ मर्मतको लागी ७ लाख ६८ हजार रुपैयाँ बिनियोजीत भएको छ । निति तथा कार्यक्रममा गाउँपालिकाले सामुदायिक रेडियो सञ्चालनको लागी ७ लाख बजेट बिनियोजन गरेको छ भने समानीकरण चालु अनुदान प्रशासनिकतर्फ ३ करोड ३३ लाख ४३ हजार रुपैयाँ बिनयोजन गरेको छ । तारखोला गाँउपालीकाले आर्थिक बर्ष २०७४ र ०७५को लागी बजेट निति तथा कार्यक्रममा महिला बालबालीका, दलित जनजाती एब समष्टीगत रुपमा समाबेसी बजेट राखीएको जनाएको छ । प्रमुख घर्तिमगरले एक बर्षे तथा तिन बर्षे र पाँच बषे कार्यक्रमहरु बढि प्राथमिकताका साथ राखीएको बताउदै आबश्यकताको आधारमा बिचार गोष्टी, बैंक स्थापना, सामुदायिक रेडियो र अनलाईन पत्रिका, फोहोरमैला ब्यबस्थापन, प्लाष्टिक मुक्त गाउँपालिका घोषणा, शिक्षा स्बास्थ्य बिभिन्न तालीम गाउँपालीकामा हरेक सरकारी कार्यलयमा ईन्टरनेटको ब्यबस्था गर्ने लघु उध्यम बिकास, नेपाली कागज खानी ढङ्गा लगाएतका कार्यक्रम एक बर्षे नितिमा समाबेस गरेको छ । मध्यकालीन तथा तिन बर्षमा गर्ने निति कार्यक्रममा बिकासको गतिलाई तिब्रता दिने हरेक ठुला आयोजनाको गुरुयोजना बनाएर अगाडि बढ्ने निती तथा कार्यक्रमामा उल्लेख भएको छ ।