बागलुङ, ३१ असार – उच्च अदालत पोखरा, बागलुङ इजलासले आर्थिक बर्ष ०७३/७४ मा लक्ष्य भन्दा बढि मुद्धा फर्छौट गरेको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी उच्च अदालत बागलुङले ७५ प्रतिशत मुद्धा फर्छौट गर्ने लक्ष्य राखिएकोमा ८२.३५ प्रतिशत मुद्धा फर्छौट गरेको जनाएको छ । यस आर्थिक बर्षको असार २९ गतेसम्म परेका २ सय ७२ मुद्धा मध्य २ सय २४ वटाको फैसला गरेको छ । त्यसमध्य ४८ वटा विभिन्न प्रकृतिका मुद्धाहरुको फैसला गर्न बाँकी रहेको उच्च अदालत पोखरा, बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायाधिश रत्नबहादुर बाग्चन्दले जानकारी दिभस्ए । अदालतले २ सय ८६ पर्ने र २ सय १५ वटा मुद्धा फर्छौट गर्ने लक्ष्य राखेको थियो । हालसम्म परेका मुद्धा मध्य सरकारवादी, दुनियावादी एवं रिट गरी जिम्मेवारी सरी आएको ४१, हाल परेको २ सय ३१ वटा रहेको छभने त्यस मध्य १ बर्ष भित्रको ४६ वटा र १ बर्ष नाघेको २ वटा रहेको छ । यस्तै ७ वटा थुनुवा मुद्धामा सबै पुरुष नै रहेको अदालतका इजलाश अधिकृत हरिगोपाल ज्ञवालीले जानकारी दिए । उनले मेलमिलाप केन्द्रमा प्रेषित मुद्धा ११, मेलमिलाप केन्द्रबाट असफल मुद्धा ८, मेलमिलाप केन्द्रबाट सफल भएका ३ वटा मुद्धा रहेको बताए । यस्तै ४८ वटा निवेदन परेकोमा सबै फर्छौट भैसकेको छ । २८ वटा प्रतिवेदनमा २७ वटा फर्छौट भएको, ४ वटा मुल्तवीमा १ वटा मुल्तवी जागेको र ३ वटा बाँकी रहेको छ । पछिल्लो ५ बर्ष यता विभिन्न किसिमका २ सय ७६ वटा मुद्धा फर्छौट हुन बाँकी रहेको बताइएको छ । आर्थिक बर्ष ०६९÷७० को १०८, ०७०÷७१ को ३६, ०७१÷७२ को ४३, ०७२÷७३ को ४१ र ०७३÷७४ को ४८ वटा मुद्धा फैसला हुन बाँकी छ । यस्तै गरी देश संघिय संरचनामा गएपछि शुरु मुद्धा उच्च अदालत पोखरा, बागलुङ इजलासबाटै हेर्न थालिएको छ । ४ वटा शुरु मुद्धा परेकोमा एउटा फर्छौट गरी पर्वतको २ वटा र म्याग्दीको एउटा निर्वाचन सम्बन्धि मुद्धा फैसला हुन बाँकी रहेको बताइएको छ । पहिले निर्वाचन सम्बन्धि मुद्धा विशेष अदालतमा जाने भएपनि संघिय संरचनापछि यस्ता खालका मुद्धा उच्च अदालत बागलुङ इजलासबाटै हुन थालेको न्यायधिश बागचनले जनाकारी दिए ।
Previous Articleसाउनदेखि फोटोसहितको नामावली संकलन हुने
Next Article भकुण्डेमा पानीको अभाव