म्याग्दी, ३० असार – मंगला गाउँपालिकाले आर्थिक बर्ष ०७४/०७५ का लागि २८ करोड ९१ लाखको बजेट सार्वजनिक गरेको छ । बिहिबार बावियाचौरमा भएको प्रथम सभामा गाँउपालिका प्रमुख सतप्रसाद रोकाले आगामी निति, योजना तथा कार्यक्रम सहित विभिन्न लोकप्रिय कार्यक्रम सहितको बजेट प्रस्तुत गरेका हुन् । प्रथम सभामा गाउँपालिका प्रमुख रोकाले आर्थिक विकास क्षेत्रतर्फ ९१ लाख ४३ हजार, संस्थागत विकास तथा सेवा प्रवाह तर्फ ९ करोड ११ लाख, भौतिक पूर्वाधार तर्फ ७ करोड ३८ लाख ६२ हजार, वातावरण तथा विपत् ब्यवस्थापन क्षेत्रमा ७१ लाख,वित्तिय ब्यवस्थापन तथा शुसासन क्षेत्र ५१ लाख, अन्य क्षेत्रमा १ करोड ८२ लाख, विकास निर्माणलाई गती दिन गाउँपालिकाको स्वामित्वमा रहेन गरी १ करोड १ लाख ५ हजारको लागतमा डोजर खरिद, गाउँपालिका अन्र्तरगत विभिन्न कार्यक्रम गर्न मिल्ने एकिकृत भवनलाई १ करोड ३३ लाख ७ हजार, मंगला राउण्ड टे«क, खेलकुद विकास समिति मार्फत हुने खेलकुद जन्य गतिविधि समावेश गरिएको छ । त्यस्तै महिला उद्यमीलाई स्वरोजगारमुलक कार्यक्रम, १० बर्षमा बेरोजगार उन्मुलन गर्ने गरी यूवालाई आर्कषक योजना, पुराना तथा एतिहाँसिक महत्वका सम्पदाको संरक्षणका लागि संग्रालय, जल, जमिन र जंगलको सदुपयोग गरी विभिन्न आयमुलक गतिविधि अन्र्तरगत टिम्बुर, तिराईतो, माछापालन, आधुनिक पशुपालन र कृषि क्षेत्रलाई समेत प्रमुख प्राथमिकतका साथ बजेटमा समावेश गरिएको गाउँपालिकाका प्रवक्ता कविन्द्र रोका मगरले बेनीअनलाइनलाई बताए । उनका अनु्सार हरित कृषि सडक अन्र्तरगत पहिलो चरणमा गाउँपालिकामा रहेको सिम–कोत्रबाङ –खुम्ल्याय–पैयूपाँटा –कुहुँ, –पूर्णगाउँ हुदै टोड्केसम्म, सान्तुङ–टुनिबोट–वाखु–दह–आरवाङ–थर्पु,–भित्रीबन–भाक्रिपानी हुदै किमचौरसम्म, पोक–सातविसे–ज्यामिरे–तोरीडाँडा–खर्क– हाँसेडाँडा– खर्सोपानी – वडा नम्बर–३ को कार्यालय हुदै वडा–४ को वडा कार्यालय सम्म र पोक– गहते–नेटा–अर्मन–किमचोर हुदै बागलुङ जिल्लाको सिमान देउरालीसम्म चारवटा नमुना सडकलाई ९७ लाख ५० हजार समेत प्रस्ताव गरिएको छ । गाउँपालिका अन्र्तरगत रहेका धार्मिक क्षेत्रको गुरुयोजना, खनिज बस्तुको सम्भावब्यता अध्ययन गर्न ५ लाख, पर्यटन विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आर्क्षित गर्न मंगला राउण्ड टे«क ८ लाख, बन क्षेत्रको सदुपयोग गरी बहुउपयोगी जडिबुटी खेतीमा पर्ने टिम्मुर, चिराईतो लगाएतका अत्याधिक बजार रहेका जडिबुटीको खेतीका लागी २५ लाख, गाउँगाउँमा उद्योग, घरघरमा रोजगार कार्यक्रम अन्र्तरगत लघु औद्योगिक क्षेत्र स्थापनाका लागि २ लाख, ब्यवसायीकरण गर्ने कार्यक्रमका अन्र्तरगत आधुनिक कृषि कार्यक्रम अन्र्तरगत ५ लाखको लागतमा विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरिने गाउँपालिका प्रमुख सतप्रसाद रोकाले बताए । ‘पहिलो गाउँसभा भएकाले धेरै आवश्यक क्षेत्रहरु पहिचान भएपनि प्रयाप्त बजेट विनियोजन गर्न सकेका छैनौ । प्रस्तावित बजेट अनुसारका कार्यक्रमलाई प्रभावकारी रुपका कार्यान्वयन गर्न अनुगमन संयन्त्र तयार गरिने छ’ उनले भने ।
Previous Articleफलेबास नगर, के छन् प्राथमिकतामा ?
Next Article २०७४ असार ३० गते शुक्रबारको राशिफल