बागलुङ, २९ असार-जिल्ला खेलकुद बिकास समिति र जिल्ला भलिबल संघ बागलुङको संयुक्त आयोजनामा बागलुङमा खेलकुद सांस्कृतिक एबं तीज महोत्सव हुने भएको छ । जिल्ला खेलकुद बिकास समितिले बुधबार बागलुङमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी आगामी साउन २० गतेदेखी ३१ गतेसम्म खेलकूद, सांस्कृतिक एबं तीज महोत्सव हुने जनाएकोे हो । महोत्सवमा पुरुष एबं महिला भलिबल प्रतियोगिता, खुल्ला डान्स, तीजीगित प्रतियोगिता, स्थानिय एबं राष्ट्रिय कलाकारको प्रस्त्ति लगायतका कार्यक्रम रहेको जिल्ला खेलकुद बिकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए । महिला भलिबल खुल्ला र पुरुष भलिबल स्थानिय संघिय संरचना अनुसार हुने अध्यक्ष परियारले बताए । पुरुष भलिबलको लागि प्रथम पुरस्कार १ लाख ३५ हजार द्वितिय पुरस्कार ८८ हजार ८ सय ८८ र तृतिय र सान्त्वना पुरस्कार २०, २० हजार रहेको आयोजकले बताएका छन् । त्यसैगरी महिला भलिबलको प्रथम पुरस्कार ५० हजार द्धितिय पुरस्कार ३० हजार र तृतिय र सान्त्वना पुरस्कार १०÷१० हजार रहेको आयोजकले जनाएका छन् । महोत्सवमा रमाईलो मेला प्रदर्शनीको समेत व्यवस्था गरिएको छ । महोत्सवमा १० वटा होटल रेष्टुरेण्ट सहित बिभिन्न १ सय ५० वटा ब्याव्सायीक स्टल रहने आयोजक समितिका सदस्य एबं संचारकर्मी हस्त केसी जलनले जानकारी दिए । कार्यक्रम जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारको अध्यक्षता र सदस्य एबं संचारकर्मी हस्त केसीको संचालनमा सम्पन्न भएको थियो ।