बागलुङ, २९ असार-एकपाटा–दोबिल्ला–सुल्डाँडा–जिरेदी–मुलाबारी–बात्थला–गाजा सडक निर्माणमा अनियमितता भएको सम्बन्धी प्रकाशित समाचारप्रति नायव सुब्बा चुर्णबहादुर कार्कीले गंभीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै स्थानिय तह पुर्नसंरचना हुनुभन्दा पहिला रेश गाविसको सचिव पदमा रहेर काम गरी रहेकोले उल्लेखित बाटोको उपभोक्ता समितिको भेला बोलाई आफ्नो रोहबरमा सर्वपक्षिय समिति गठन गरी गत वर्षको फागुन ८ गते सम्झौता भएको जनाएका छन् । २०७३ फागुन २७ गतेदेखि काठेखोला गाउँपालिकाको निमित्त कार्यकारी अधिकृत रही हाल ना. सु. पदमा काम गरिरहेको बेला दोबिल्ला मोटरबाटो तथा पुल निर्माण समितिका पुर्व अध्यक्ष जब्बर बहादुर लामिछानेले एक प्रेस विज्ञप्ती जारी गर्दै तत्कालिन गाविस सचिव एवं अध्यक्ष चुर्णबहादुर कार्कीले उक्त बाटोमा आफ्नो नाम जोडी अनियमितता तथा बेजिल्ला भत्ता आएको भनी लगाएको आरोपमा कुनै सत्यता नभएको विज्ञप्तीमा जनाएका छन् । उनले विज्ञप्तीमा भनेका छन्– ‘सरकारले बेजिल्ला होइन स्थानिय भत्ता मात्र दिन्छ, उपभोक्ता समिति सर्वदलिय छ, त्यसको रेखदेख गर्नको लागि अनुगमन समिति छ, कति किमी बाटो खनेको त्यो जो कोहीले हालसम्म पनि देख्न सक्छ, प्राविधिकले सम्बन्धित ठाउँमा नै मुल्यांकन गर्ने काम गरिरहेका छन्, जिससले भुक्तानी दिएको छैन भनी सबै थाहा हुँदाहुँदै पनि व्यक्तिगत रुपले चरित्र हत्या गर्ने काम भएको छ ।’ रेडक्रस जस्तो सामाजिक संस्थामा रहेको व्यक्तिले आफ्नो स्वार्थ पुर्ति भएन भनेर राष्ट्रसेवन कर्मचारीको चरित्र हत्या गर्ने काम गरी मनोबल गिराउने काम लामिछानेले गरेको कार्कीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
Previous Articleमस्त कर्मचारीतन्त्र
Next Article बागलुङमा खेलकुद सांस्कृतिक एबं तीज महोत्सव हुने