पर्वत, २९ असार-सिंचाई बिकास सब डिभीजन नं २ पर्वतको आयोजनामा तीन दिने गुणस्तर नियन्त्रण तथा उपभोक्ता समितिको क्षमता अभिबृद्धि तालिमको दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ । सिंचाई योजना दिगो बनाउने उद्देश्यले मंगलबारदेखि आयोजित तालिमको दोस्रो दिन आम्वोटमा सञ्चालन भएको थियो । स्थानिय रतिखोला सिंचाई आयोजना मोदि गाउँपालिका–६ का उपभोक्ताहरुका लागि दिइएको तालिममा उक्त आयोजना निर्माणका क्रममा उपभोक्ताले अपनाउनुपर्ने गुणस्तर, निर्माण प्रकृया, कच्चा पदार्थको प्रयोग, समय लगायतका बारेमा सहजीकरण गरिएको थियो । बुधवार विभिन्न क्षेत्रका कृषकहरुलाई समेटेर कुश्मामा गरिएको तालिम बिहीवार आम्बोटमा संचालन गरिएको कार्यालय प्रमुख राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रत्येक ठूला सिंचाई आयोजनाका उपभोक्ताहरुलाई यस्तो खालको तालिम दिन थालिएको हो । झण्डै डेढ करोडको लागतमा संचालन भएको उक्त आयोजना आगामी वर्ष समापन हुने भएको छ । रतीखोला सिंचाई आयोजनाबाट मोदी गाउँपालिका ६ का झण्डै पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् । उक्त तालिममा उपभोक्ता समितिका पदाधिकारी तथा योजनाका लाभान्वित बर्गहरुको सहभागिता रहेको थियो । बुधवारको तालिममा ज्ञादी सिचाई आयोजना र कर्नास सिचाई आयोजनाका उपभोक्ता समिति सदस्य र उपभोक्ताहरुको सहभागिता रहेको थियो । यस वर्ष जिल्लामा संचालित ५ सिँचाई आयोजना मध्ये रतिखोला सिचाई आयोजना, र्भोले सिचाई आयोजना र मल्लाज सिचाई आयोजनाका उपभोक्ता समिति र उपभोक्तmाहरुलाई यस्तो तालिम दिइने प्रमुख श्रेष्ठको भनाई छ । कार्यक्रममा मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महतले आयोजना तोकिएकै समयमा गुणस्तरिय रुपमा सम्पन्न गर्नका लागि आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाएकी थिइन् । मोदी गाउँपालिका – ६ मा रहेको रतिखोला सिचाई आयोजना र कुश्मा नगरपालिका ९ मा रहेको ज्ञादी सिँचाई आयोजना बिश्व बैकको ऋण सहयोगबाट सञ्चालित आयोजनाहरु हुन । यसमध्ये रतिखोला सिचाई आयोजनाको निमार्ण कार्य शुरु भईसकेको र ज्ञादि सिचाई आयोजनाको केहि दिनमै निमार्ण कार्य शुरु हुन लागेको छ । उपभोक्तालाई योजनाको डिजाइन इस्टीमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समाग्रीको खरीद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा ब्यबस्थापन, योजना प्रति अपनत्व, समावेशी सहभागिता, सहकारी मार्फत सिचाई प्रणाली ब्यवस्थापन लगाएतको बारेमा सहजीकरण गरिएको हो ।