बागलुङ, २९ असार-सञ्चारकर्मी मन्दीप निउरेले २ जना अनाथ बालबालिकालाई स्टेशनरी सहयोग गरेका छन् । निउरेले आफ्नो जन्मदिनको अबसरमा गलकोट नगरपालिका बाड नं ३ बोहोराफाँटका अनाथ बालबालिका १३ बर्षका नबिन बोहोरा र १५ बर्षकी बबिता बोहोरालाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेर आफनो दिन मनाएका हुन् । जिवन आधारभुत बिद्यालय गलकोट नगरपालीका वाड ३ मा नबिन बोहराले कक्षा ६ र बबिता बोहोराले कक्षा ७ मा अध्ययन गदै आएका छन् । गलकोट नगरपालिका–३ को कार्यालयमा भएको स्टेशनरी हस्तान्तरण कार्यक्रममा सञ्चारकर्मी मन्दीप निउरेले आफ्नो जन्मदिनको अबसरमा गरिने अन्य फजुल खर्च कटाएर अनाथ बालबालिकालाई सहयोग गरेको बताए । निउरेले पारिवारिक तथा आर्थिक अबस्था कमजोर भएका बालबालीकाको शिक्षामा सहजता मिलोस भन्दै स्टेशनरी हस्तान्तरण गरेको बताए । हस्तान्तरण कार्यक्रममा गनपा ३ का वडा अध्यक्ष वीरजंग भण्डारीले जन्मदिनमा अनाथ बालबालिकाको सहयोगमा सबैले हातेमालो गर्नुपर्ने बताए ।