बागलुङ, २९ असार-पश्चिम बागलुङका ४ स्थानीय तहमा आर्थिक बर्ष २०७४÷७५ को लागि घोषणा हुने स्थानीय बजेटको तयारी तिब्र रुपमा चलिरहेको स्थानीय जनप्रतिनीधिहरुले बताएका छन् । अहिले कतिपय स्थानीय तहमा विषयगत समितिको छलफल अन्तिम चरणमा पुगेको छ भने कतिपय स्थानीय तहमा प्राथमिकिकरण गरिएका योजना तथा कार्यक्रमलाई कार्यपालिकामा पेस गरिएको छ । ९ वडा रहेको ढोरपाटन नगरपालिकामा ६ वटा विषयगत समितिको छलपल लगभग अन्तिम चरणमा पुगेको बताइएको छ । वडा स्तरबाट आएका योजना तथा कार्यक्रमहरुलाई आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण तथा विपद व्यवस्थापन, संस्थागत क्षमता विकास र वित्तिय व्यवस्थापन समितिमा छलफल गरी बिहीवार नगरकार्यपालिकामा पेश गरिने तयारी गरिएको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद आचार्यले बताए । त्यस्तै, ७ वडा रहेको निसीखोला गाउँपालिकामा पनि वडा स्तरकका सवै योजना तथा कार्यक्रमहरुलाई ६ वटा विषयगत समितिमा छलफल चलाएर अन्तिम अवस्थामा पु¥याएको बताइएको छ । प्राथमिकिकरण गरिएको कार्यक्रमलाई आज नै गाउँकार्यपालिकामा पेस गरी छलफल चलाइने निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको भनाई छ । उता, ६ वडा रहेको तमानखोला गाउँपालिकामा भने कार्यपालिकाको बैठक बसिरहेको बताइएको छ । मंगलबार नै वडा स्तरका प्रमुख योजना तथा कार्यक्रमहरुलाई विषयगत समितिबाट टुङ्गो लगाई गाउँकार्यपालिकामा पेश गरी छलपल चलाइएको गाउँपालिका अध्यक्ष जोकलाल बुढामगरले बताए । त्यसैगरी, १० वडा रहेको बडीगाडखोला गाउँपालिकामा भने प्राथमिकिकरण गरिएका योजना तथा कार्यक्रमहरु कार्यपालिका छलफल चलाएर पनि लिपिबद्ध गर्ने कार्यक्रममा रहेको बताइएको छ । अव, लिपिवद्ध गरिएका कार्यक्रम तथा योजना सहितको बजेट ३१ गते गाउँसभामा पेस गरि स्थानीय बजेट घोषणा गरिने गाउँपालिका अध्यक्ष मेहरसिङ पाइजाले बताए । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत असार २५ गते नै स्थानीय निकायहरुले स्थानीय बजेट गाउँसभा तथा नगरसभामा पेस गर्ने निर्देशन दिएपनि कानुन नबनिसकेको र निर्दे्शिकाबाट काम गर्दा झन्झटिलो भई ढिलो भएको स्थानीय जनप्रतिनीधिहरुले प्रतिक्रिया दिएका छन् । जिल्लाका सबै स्थानीय तहहरुले असार मसान्तभित्र स्थानीय बजेट घोषणा गर्ने गरि तयारी गरिरहेको बताएका छन् ।
Previous Articleआस्था राउतले ‘चोखो छ माया’ गाउँदा जीवन लुइँटेल नाचे
Next Article स्टेशनरी प्रदान