बागलुङ, २६ असार – काठेखोला गाउँपालिका अन्तर्गत पाला, दोबिल्ला, बिहुँ लगायतका बिभिन्न क्षेत्रमा सडक निर्माण कार्य शुरु नभएको भन्दै पाला, दोबिल्ला, बिहुँ मोटरबाटो तथा पुल निर्माण समितिले ध्यानाकर्षण भएको जनाएको छ । पाला, दोबिल्ला, बिहुँ मोटरबाटो तथा पुल निर्माण समिति काठेखोला–६ बागलुङका पुर्वअध्यक्ष जब्बर बहादुर लामिछानेले आइतबार एक बिज्ञप्ती प्रकाशित गरी बागलुङ क्षेत्र नम्वर १ का सांसद चम्पादेबी खड्को सांसद कोषबाट १० लाख रुपैयाँ बिनियोजन भएपनि मोटरबाटो निर्माणका लागि कुनै काम शुरु नभएको भन्दै ध्यानाकर्षण गराएको बताएका छन् । बाटो निर्माणका लागि साबिकको रेश गाबिसका तत्कालीन अध्यक्ष तथा गाबिस सचिव चुर्णबहादुर कार्कीको अध्यक्षतामा बैठक बसी साबिकको रेस–७ निबासी दानबहादुर जिसीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरी २०७३ फागुन ८ गते जिल्ला समन्वय समिति बागलुङमा सम्झौता गरेर पहिलो किस्ता अन्तर्गत ३ लाख २० हजार निकासा गरेपनि हालसम्म कुनै पनि स्थानमा मर्मत कार्य शुरु नगरिएको भन्दै गम्भीर आशंका रहेको बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तीमा जिल्ला बिकास समिति र जिल्ला प्रशासन कार्यलय बागलुङलाई ध्यानाकर्षण पत्र दिँदा निबेदन उपर छानबिन गरी आवश्यक कारबाही हुने जानकारी दिएपनि सम्बन्धीत निकायले बेवास्ता गरेको उल्लेख छ । काठेखोला–७ का सचिव चुर्णबहादुर कार्की, ईन्जिनियर नवकुमार थापा, निर्माण समितिका अध्यक्ष दान बहादुर जिसी र कोषाध्यक्ष चित्रबहादुर कार्की समेतले यस बिषयमा मिलिमतो गरेको भन्दै बिज्ञप्ती मार्फत कारबाहीको माग गरिएको छ । यदि यो बिषयमा छानबिन नभएमा काठेखोला गाउँंपालिकामा तालाबन्दी गरिने उल्लेख छ । पाला दोबिल्ला मोटरबाटो तथा पुल निर्माण समितिका पुर्वअध्यक्ष एबं नेपाल रेडक्रस सोसाईटी बागलुङ शाखाका सभापति जव्वरबहादुर लामिछानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा सिहंदरबारको अधिकार गाउँगाउँमा भन्नुको सट्टा सिहांदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पु¥याउन खोजेको आरोप समेत लगाईएको छ ।