बागलुङ, २२ असार-‘घर बलियो जगले राष्ट्र बलियो प्रराम्भिक बाल बिकास’ले भन्ने मुल नारासाथ नगरपालिका स्तरिय प्रारम्भिक बालबिकास कार्यक्रमको बार्षिक समीक्षा कार्यक्रम बागलुङ सदरमुकाममा सम्पन्न भएको छ । सेतो गुराँस बालबिकास सेवा केन्द्र बागलुङको आयोजना र जिल्ला शिक्षा कार्यालय र बागलुङ नगरपालिका कार्यालयको सहयोगमा संचालित समिक्षा कार्यक्रममा बागलुङ नगरपालिकामा संचालित २६ वटा बालबिकास केन्द्रको अबस्था यसले समाजमा पारेको प्रभाव अहिले तालिमपछि बाल शिक्षकले राम्रो भुमिका खेलेको हुदा बालबालिकाले राम्रो क्रियाकलाप सिकेको धारणा सरोकारवालाले राखेका थिए । नयाँ संरचना अनुसार काम गर्नुपर्ने भएको हुदा अझै चुनौति रहेको हुदा सरोकारवालाले सजग भएर काम गर्नुपर्ने वक्ताहरुले धारणा राखेका थिए । सेतो गुराँस बालबिकास सेवा केन्द्र ले बागलुङ नगरपालिका भित्र रहेका बालबिकास केन्द्रले जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि संचारकर्मि सहितको टोलीले संयुक्त अनुगमन गरि बालबिकास केन्द्रमा भएका कमिकमजोरीलाई समेत कार्यक्रमा समीक्षा गरिएको थियो । कार्यक्रममा सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्याय, बिद्यामन्दिर पुस्तकालय बालबिकास केन्द्रका अध्यक्ष राजेशचन्द्र राजभण्डारी, बिद्यामन्दिर उच्च माध्यमिक बिद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, सेतो गुराँस बालबिकास सेवाका पुर्बअध्यक्ष कृण्णप्रसाद निउरे, कुमार बिक्रम केसी लगायतले बोलेका थिए । जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्रले उद्घाटन गरेको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष महेशचन्द्र प्रधान, संचालन सेतो गुराँसका कार्यक्रम संयोजक पम्फा खड्का र स्वागत उपाध्यक्ष केबी राना मगरले गरेका थिए ।