बागलुङ, २२ असार-गल्कोटमा भएका छुट्टा–छुट्टै सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । घाईतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गल्कोट नगरपालिका बाड नं २ भुमखानीमा मंगलबार साँझ बसबाट लडेर एक जनाको मृत्यु भएको छ । बुर्तिबाङदेखी काठमाडौका लागी छुटेको लु २ ख ७७८ नम्बरको बसबाट लडेर घाईते भएका बुर्तिबाङ–१ खल्लेका २३ बर्षिय लोकेश थापाको बुधबार उपचारको क्रममा निधन भएको हो । भुमखानीमा सबारी चलाउदै गर्दा पहिरो झरेपछि सबारी रोकेर अगाडी बाटो हेर्न जाने क्रममा बसको ढोकाबाट लडेर थापा घाईते भएका थिए । उनलाई मंगलबार नै उपचारको लागी गण्डकी अन्चल अस्पताल पोखरा लगिएको गल्कोटका ट्राफिक प्रहरी हवल्दार महेन्द्र बहादुर खत्रीले जनाकारी दिए । लगातारको बर्षाले बाटोको ठाउँठाउमा पहिरो जाँदा बाटो साघुँरो भएको छ । सबारीको लागी पर्याप्त बाटो छ कि छैन् भनेर हेर्न जाँदा लडेको हुन सक्ने प्रहरी चौकी हटियाले जनाएको छ । गम्भीर घाईते भएका थापाको बुधबार बिहान निधन भएको अस्पतालले जनाएको छ । सो बसलाई हटिया प्रहरीचौकीले नियन्त्रणमा लिएको बताईएको छ । यसैबीच, बुधबार बिहान गल्कोटमा बुधवार बस र जिप ठोक्कीदा २ जना घाईते भएका छन् । घाईतेमध्ये एकको अबस्था गम्भीर रहेको छ । गल्कोट नगरपालिका बाड नं २ मौरियामा बुधबार बिहान करिब नौ बजेको समयमा बुटबलबाट बुर्तिबाङको लागी छुटेको लु १ ख ६७११ नम्बरको बस र घुस्मेलीबाट पोखराको लागी छुटेको ध १ ज १७ नम्बरको जिप आपसमा ठोक्कीदा दुर्घटना भएको हो । गम्भीर घाईते जिप चालक गलकोट नगरपालिका बाड नं २ नरेठाटीका हरिप्रसाद पुनको गण्डकी मेडिकल अस्पताल पोखरमा उपचार भैरहेको तथा अन्य घाईतेको धौलागीरी अन्चल अस्पताल बागलुङमा उपचार पश्चात फर्किएको गल्कोटका ट्राफिक प्रहरी हल्दार महेन्द्र बहादुर खत्रीले बताए । प्रह खत्रीका अनुसार, बुटबलबाट बुर्तिबाङका लागी छुटेको बस गुल्मी तर्फको बाटो बन्द भएपछि बागलुङ हुदै बुर्तिबाङमा जाने क्रममा दुर्घटना भएको हो । बर्षातको समयमा चिप्लोबाटोमा सबारीको तिब्र गति तथा रङ साईडबाट चलाएको कारणले दुर्घटना भएको हटिया प्रहरी चौकीले जनाएको छ ।