बागलुङ, २१ असार – केन्द्रिय बिद्युत प्रसारण लाईन बुर्तिबाङसम्म विस्तार गर्नका लागि तत्काल कार्य सुरु गर्न नेपाली काँग्रेस ३ नं क्षेत्रका सभापति द्रोणकुमार कुँवारको संयोजकत्वमा ११ सदस्यीय सरोकार समिति गठन गरिएको छ । बुर्तिबाङस्थित सरोकारवाला निकाय, राजनैतिक दलका प्रतिनीधि, बुद्धिजिवी, समाजसेवी, पत्रकार, बजारबासी लगाएतको मंगलबार भएको छलफलबाट कुँवरको संयोजकत्वमा सो सरोकार समिति गठन गरिएको हो । समितीको सदस्यहरुमा ढोरपाटन नगरपालिकाकी उपमेयर कर्मती पुनमगर, उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका अध्यक्ष चिन्तामणि शर्मा, राजनीतिक दलतर्फ नेपाली काँँग्रेसबाट शालीकराम शर्मा, नेकपा एमालेबाट ज्ञानप्रसाद कँडेल, माओबादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चाका दुर्गादेवी घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निमबहादुर भण्डारी, क्रान्तीकारी माओबादीबाट गुञ्जबहादुर भण्डारी र नयाँ शक्तिबाट टेकबहादुर कुवँर रहेका छन् । समिती गठनसँगै समितीका संयोजक कुवँरले आफुले सबैसँग समन्वय गरेर तत्काल सम्बन्धित निकायमा पुगेर केन्द्रिय बिद्युत प्रसारण लाईन बुर्तिबाङसम्म बिस्तार गर्न पहल अगाडि बढाउने बताएका थिए । गल्कोट नगरपालिका रिघाको मनेवासम्म केन्द्रिय बिद्युत लाईन आईसकेका कारण बडीगाड गाँउपालिकाको खर्वाङ बजारहुँदै बुर्तिबाङसम्म विस्तार गर्नुपर्ने हुन्छ ।