बागलुङ, २१ असार – साउने सक्रान्ति मेला हिलको २६ बार्षिकोत्सब विविध कार्यक्रमका साथ असार २७ देखि साउन १ सम्म मनाईने भएको छ । मेला व्यवस्थापन समिति ताराखोला गाउँपालिका–३ हिलका सचिव रमेश घर्तीका अनुसार, ‘हिल गाउँको दिगो समावेशी र शान्ति परिचालन गरेको हिल गाउँ कला सस्कृति खेलकुद संरक्षण गर्न साउने संक्रान्ति मनाउ’ भन्ने नाराका साथ गर्दै विभिन्न खेलकुद तथा रचनात्मक र झाँकी प्रदर्शनी गरि मनाइने छ । असार २७ गतेदेखि साविक गाविसको खुल्ला वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता संचालन गर्ने प्रथम हुनेलाई नगद ४० हजार र द्वितियलाई ३० हजार
पुरस्कारको व्यवस्था गरिएको छ ।
यस्तै, नृत्य प्रतियोगितामा प्रथम ५ हजार द्वितियलाई ३ हजार र तृतियलाई २ हजार, नौमति पन्चेबाजा प्रतियोगितामा प्रथम पुरस्कार १६ हजार र दास्रोलाई ११ हजार र सान्त्वना पुरस्कारको व्यवस्था गरिएको छ । भाले छुने र घैटोफोर प्रतियोगिता मेलामा गरिने छ । कार्यक्रमको उद्घाटन ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ती, गाउँपालिमा वडा नं. ३ कि महिला प्रतिनिधि श्रीमाया घर्तीले गर्ने जनाईएको छ ।
Previous Article२०७४ असार २१ गते बुधबारको राशिफल
Next Article केन्द्रिय विद्युत विस्तारगर्न सरोकार समिति