थाइराइड सम्बन्धी समस्याको अध्ययन गर्दा पुरुषको तुलनामा महिलामा बढी भएको पाइएको छ । अमेरिकामा गरिएको एक अध्ययन अनुसार १ प्रतिशत महिलामा थाइराइड समस्या देखिएको छभने पुरुषमा कुल जनसंख्याको शून्य दशमलब ०.१ प्रतिशतलाई मात्रै । नेपालका ओपिडीमा आइरहेका बिरामीको संख्याको अनुपातलाई विश्लेषण गर्ने होभने पनि यो पुष्टि हुन्छ । २० देखि ४० वर्षको उमेरमा थाइराइड हुने सम्भावना करिव २० प्रतिशत छ । यसको कारण हो, पुरुषको तुलनामा महिलाको शरीर हर्माेनको मामलामा संवेदनशील हुन्छ । थाइराइडको समस्याबाट हर्मोन उत्पादनमा गडबड हुने भएकाले महिलाको शरीरले त्यसको असरमा प्रतिक्रिया देखाइहाल्छ । त्यसको तुलनामा पुरुषहरुको शरीरमा हर्मोनको मात्रा केही तलमाथि हुँदैमा खासै प्रभाव पार्दैन । पुरुषमा हर्मोन १० प्रतिशत तलमाथि हुँदा लक्षण देखिने हुन्छ भने महिलामा १ प्रतिशत तलमाथि हुँदा मात्रै पनि असर देखिन थाल्छ । थाइराइड र बाँझोपनः थाइराइडले ‘मेटाबोलिजम’लाई एकदमै नियन्त्रण गर्छ । शरीरको तापक्रम पनि नियन्त्रण गर्छ । पुरुषको अण्डकोषबाट शुक्रकीट निस्कासनका लागि तापक्रमको भूमिका महत्वपूर्ण हुन्छ । उपयुक्त तापक्रममा नै शुक्रकीट उत्पादन हुने हो । तापक्रमको फेरबदलले पुरुषको शुक्रकीट उत्पादन कम हुन्छ । महिलामा पनि हर्मोनको गडबडले महिनावारीमा समस्या ल्याउँछ । जसका कारण बच्चा नबस्ने समस्या देखा पर्छ । गर्भावस्था र थाइराइडः हरेक गर्भवती महिलाको थाइराइड स्क्रिनिङ गर्नुपर्छ । गर्भवती हुनुभन्दा पहिले नै थाइराइड भएको भए झनै सतर्कता अपनाउनुपर्छ । नभए पनि हरेक गर्भवतीको स्वास्थ्य परीक्षण गर्न आवश्यक हुन्छ । थाइराइड भएको महिला गर्भवती भइसकेपछि औषधि सेवन गर्न छाडेका भेटिन्छन्, जुन गलत हो । हाइपर थाइराइड छ भने डाक्टरहरुको सल्लाहमा निर्णय लिनुपर्छ भने हाइपो थाइराइड छ भने औषधिको मात्रा थप बढाउनुपर्ने हुन्छ । –स्वास्थ्यखबर अनलाईनबाट
Previous Article२८१ स्थानीय तहमा जितको छिनोफानो, कसले कति जिते
Next Article परिवारमा अभिभावकको भूमिका