बागलुङ, १७ असार – लाइन्स क्लब अफ बागलुङ गलकोट सिटीले औषधि हस्तान्तरण एवम् वार्षिक कार्ययोजना कार्यक्रम सम्पन्न गरेको छ । क्लबले गलकोट नगरपालिका वार्ड नं २ नरेठाँटी स्वास्थ्य चौकीलाई करिब ३० हजार बराबरको औषधी स्वास्थ्य चौकी प्रमुख मिरा शर्मालाइ हस्तान्तरण गरेको हो । स्वास्थ्य चौकीमा औषधी अभाव नहोस् र स्वास्थ्य चौकीमा आउने बिरामीले सहज रुपमा औपधी प्राप्त गर्न सकुन भन्ने उदेश्य सहित औषधि वितरण गरेको क्लबका सचिव हिमबहादुर भण्डारी हेमन्तले बताए । क्लबले महिला सशक्तिकरण सम्बन्धि कार्यक्रम, विद्यालयमा ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रम, हाजिरजवाफ र वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरु तत्काल संञ्चालन गर्ने र यस वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्ने प्रत्येक महिनामा एउटा कार्यक्रम अनिवार्य गर्ने, लगायतका निर्णय गरेको छ । कार्यक्रममा क्लवका २१ जना सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम क्लवका अध्यक्ष यमबहादुर श्रीसको अध्यक्षता र सचिब हिम बहादुर भण्डारी हेमन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।