बागलुङ, १७ असार – सिवाईसी साकोस सेवा केन्द्र बुर्तिबाङ शाखाद्धारा अन्तराष्ट्रिय सहकारी दिवशको अबसरमा शनिबार बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रगत पहिचान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी उप–शाखा बुर्तिबाङ र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको सहयोगमा सञ्चालित कार्यक्रमका अबसरमा यस क्षेत्रमा हुन सक्ने आपतकालिन अबस्थाका घटनालाई लक्षित गर्दे सहजता होस भन्ने उदेश्यले सिवाईसी साकोस सञ्चालक समिती सेवा केन्द्रका पदाधिकारी, सेयर सदस्य, बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगाएत ६८ जनाको रगत पहिचान गरिएको छ । आबश्यक परेको जुनसुकै समयमा रतmदान गर्न सक्ने गरी बिभिन्न ब्यक्तिहरुको रगत पहिचान गरीएको र शनिबार पहिचान गराएका सबै ब्यक्तिहरुको नाम, ठेगाना र फोन नम्बरसहित फल्यास् बोर्ड बनाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा टाँसिने र आवश्यक परेको खण्डमा रगत मिल्ने ब्यक्तिले रगत दान गरिदिन सिवाईसी साकोस बुर्तिबाङ शाखा प्रबन्धक अर्जुन रेग्मीले बताए । सो अबसरमा बुर्तिबाङ सेवा केन्द्र सञ्चालक समिती उपसंयोजक कृष्ण केसीको अध्यक्षता, ढोरपाटन नगरपालिका वडा नं २ का वडा अध्यक्ष युवराज महतको प्रमुख आतिथ्यता, सिवाईसी साकोस केन्द्रिय सदस्य एवम् रेडक्रस उपशाखा बुर्तिबाङका संयोजक मेषलाल शर्मा, बुर्तिबाङ प्राथमिक स्वास्थय केन्द्र ब्यबस्थापन समिती अध्यक्ष कृष्ण भण्डारी, ढोरपाटन नगरपालिका वडा नं ३ का अध्यक्ष हेमेन्द्र घर्ति, बुर्तिबाङस्थित बिभिन्न सरकारी गैरसरकारी संघ संस्थाका प्रतिनिधि, पत्रकार र सेयर सदस्य लगाएतको उपस्थितिमा रगत पहिचान भएको हो । कार्यक्रममा प्रमुख अतिथी युवराज महतले बोल्दै बुर्तिबाङ क्षेत्रमा रगत संकलन गर्ने मेशिनको अभाब भईरहेको अबस्थामा तत्काल बिरामीलाई सेवा दिने उदेश्यले रतmदान अभियान सञ्चालन गरेकोमा आयोजक टिमलाई धन्यबाद ज्ञापन गर्दे रक्तदान गर्नु कुनै ब्यक्तिलाई मृत्युबाट बचाउनु भएका कारण यस्तो सेवामुलक कार्यमा सबैले आबश्यक परेको अबस्थामा सहयोग गनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रमका अतिथी मेषलाल शर्माले बोल्दै पछिल्लो समय सहकारी प्रशस्त मात्रामा स्थापना भएर बिभिन्न क्षेत्रबाट अगाडि बढीरहँदा सिवाईसी साकोस जनताको मन–मनमा बस्दै फरक तवरबाट सेवा सुबिधासँगै अगाडि बढिरहेको बताए । उनले हुने खानेको सम्पत्ति हुँदा खानेसम्म पुर्याउने र सबै जनताको सहयात्री बन्दै गत बर्ष प्रदेश नं ४ कै उत्कृष्ट सहकारी भईसकेका कारण अब देशकै नमुना र एक्सेसमा जाने तयारी समेत भईरहेको जानकारी दिए । कार्यक्रम सिवाईसी साकोस सेवा केन्द्र बुर्तिबाङका प्रबन्धक अर्जुन रेग्मीको स्वागत, सेवा केन्द्र ब्यबस्थापन समिती सचिब चुडामणि भुषालको सञ्चालनमा सम्पन्न भएको हो ।