खेतको हिलोमा रमाईलो गरी १४ औं धान दिवश देशभर मनाईएको छ । कतै त हिलाम्ये सडकमा धान रोपेर सरकारी निकायमाथि व्यग्य प्रहार गरिएको छ । मानो रोपेर मुरी फलाउने असार १५ लाई यसवर्ष ‘दुई बाली धानको विस्तार, आर्थिक समृद्विको आधार’ भन्ने नारा दिएर धान दिवस मनाईएको छ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले धान दिवस मनाउन शुरु गरेको हो । धान दिवस मनाउँदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको यथार्थ हामी सामु छ ।
नेपाल कृषि प्रधान देश भएपनि खाद्यन्नमा आत्मनिर्भर हुन नसक्दा देशले हरेक वर्ष अर्बाैको खाद्यन्न विदेशबाट आयात गरिरहेको छ । स्वदेशमै संभव हुने कृषि उपज उत्पादन गर्न सकिने संभावना प्रशस्त भएपनि बेवास्ता गर्दा देशले आयातको मार भोग्नु परेको हो । अर्काेतर्फ हाम्रो खानपानको शैली परिवर्तन गर्न नसक्दा पनि परनिर्भर हुनु परेको हो । केवल भात मात्रै खाने प्रवृत्तिले पनि हामी खाद्यन्नमा परनिर्भर हुनु परेको अर्काे कारण हो । भात खाने संस्कृतिलाई अन्त्य गर्न सकेमा बागलुङको उत्पादनले जिल्लाबासीलाई पुग्ने देखिन्छ । खाद्यन्नलाई समानुपातिक रुपमा प्रयोग गर्दै खाने बानीमा सुधार ल्याउन सकेमा बागलुङमा उत्पादित खाद्यान्नले आत्मनिर्भर बन्न सक्ने कृषि कार्यालयको भनाई छ । पछिल्लो समय किसानले उत्पादन गरेको दूधले पनि जिल्ल निर्भर बनिरहेको छ । तरकारी फलाएर अन्यत्रबाट भित्रने क्रम रोकिएको छ । सुख्खा मौषमबाहेक जिल्लामा तरकारी आयात नभएको समेत व्यवसायीले बताए ।
जिल्लका बासिन्दालाई खान पुग्ने खाद्यान्न उत्पादन भैरहेको कृषि कार्यालय बताउँछ । धान उत्पादन हेर्दा थोरै भएपनि सबै खाद्यान्नले हामीलाई खान पुग्ने देखिन्छ । । मकै, गहुँ र कोदोलाई पनि खाद्यबालीको रुपमा लिएर मात्रा मिलाएर खान सकेमा जिल्ला खाद्यन्नमा आत्मनिर्भर हुने संभव छ । जिल्लामा युवाहरु विदेशिएकोले श्रमिक अभाव हुनु, जमिन बाँझो रहनु जस्ता समस्याले गर्दा खाद्यन्न उत्पादनमा कमी आएको हो । कृषि उत्पादन बढाउनको लागि श्रमका लागि युवालाई स्वदेशमै प्रेरित गर्नुपर्छ । बागलुङको प्रमुख खाद्यबाली धान भएकोले उत्पादन बढाउन सबैले चासो राख्नुपर्छ । तबमात्र चामल भारतबाट आयात गर्ने क्रम रोकिन्छ । चामल सहित अन्य कृषि बालीलाई पनि खाद्यान्नको रुपमा उपभोग गर्ने बानी बसाल्न सकेमा जिल्लाको उत्पादनले आत्मनिर्भर बन्ने बाटो खुल्छ । त्यसैले भात मात्रै खाने बानी परिवर्तन गर्नुपर्छ । तारे होटलमा महंगो रकम तिरेर खाने खाद्यन्न हाम्रै गाउँभरमा प्रशस्त मात्रामा पाइन्छ । ति कृषि उपजलाई पनि मिलाएर खाने बानीको विकास गर्नुपर्छ । हाम्रै खेतबारीमा उत्पादन हुने मकै, कोदो, गहुँ, फापर र गेडागुडीको प्रयोग बढवा दिनुपर्छ । अब मात्र हामी खाद्यन्नमा आत्मनिर्भर बन्न सक्छौ ।
Previous Articleबुर्तिवाङमा रक्त समूह पहिचान
Next Article शिक्षकहरुको मर्यादाक्रमको सवाल