म्याग्दी, १७ असार – जिल्ला युवा समितिको कार्यालय म्याग्दीको आयोजनामा शनिबार बेनीमा जिल्लास्तरीय युवा प्रतिभा तथा उद्यमीको खोजी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । युवा प्रतिभाको सम्मान गर्दै युवाहरुको व्यावसायिकता विकासमा सहयोग पु¥याउने उद्देश्यले कार्यक्रम गरिएको हो । विभिन्न १८ ओटा विधामा प्रतिसर््पर्धा भएको कार्यक्रममा कला सङ्गिततर्फ लोकगायक धुर्ब जिसी, उद्यमतर्फ कृष्णबहादुर विक र खेलकुद संस्थातर्फ काउलेगौंडा युवा क्लब केवाईसी घतान उत्कृष्ट भएका छन् । उनीहरुलाई नगद सातसात हजार रुपैयाँका दरले सम्मानपत्रसहित सम्मान गरिएको छ । यसैगरी नृत्यतर्फ गीता गर्बुजा प्रथम, गायनतर्फ राजकुमार परियार द्वितीय र मिलन विक तृतीय भएका थिए । उनीहरुलाई क्रमशः ४ हजार, २ हजार र एक हजार रुपैयाँसहित सम्मानपत्रले पुरस्कृत गरिएको जिल्ला युवा समितिको कार्यालयले जनाएको छ । उनीहरुलाई व्यवस्थापिका संसदका सदस्य नवराज शर्मा, म्याग्दीका प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का र जिल्ला युवा समितिका अध्यक्ष डिपी शर्माले अबिर र खादा लगाई नगद तथा सम्मानपत्रले पुरस्कृत गरेका थिए । कार्यक्रममा सांसद शर्माले कला र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउँदै आफ्नो प्रतिभालाई निरन्तरता दिन आग्रह गरेका छन् । उनले अभ्यासले मानिसलाई निपूर्ण बनाउने भन्दै आगामी दिनमा पनि आफुसँग भएको प्रतिभाको प्रस्फुटन गराउन सहभागीहरुलाई आग्रह समेत गरेका थिए । युवा समितिका अध्यक्ष शर्माले युवाहरुलाई सशक्त नबनाएसम्म देश विकसित हुन नसक्ने बताउँदै युवाहरु व्यावसायिक रुपमा लाग्नुपर्ने बताए । कार्यक्रममा प्रहरी नायव उपरिक्षक खड्का र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सचिव गोरखनाथ सुवेदीले मन्तव्य राखेका थिए । प्रतियोगिताको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल म्याग्दीका अध्यक्ष कृष्ण जिसी र धौलागिरि अञ्चल कोषाध्यक्ष नकुल ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । कार्यक्रम युवा समिति अध्यक्ष शर्माको अध्यक्षता तथा स्वागत र कम्प्युटर अपरेटर अमृतप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleपहिरोले घर पुरिँदा तीन जना बेपत्ता
Next Article २०७४ असार १८ गते आईतबारको राशिफल