पर्वत १८ असार – पर्वत जिल्लाको महाशिला गाउँपालिका १ होश्राङ्दीमा गएराती वर्षासँगै आएको पहिरोले घर पुरीदा तीन जना वेपत्ता भएका छन् ।
साविकको होश्राङदी गाविस १ का ६३ वर्षिय तीर्थबहादुर मल्लको घर बस्तीमाथिको डाँडाबाट आएको पहिरोले पुरीएको हो । घर पुँरीदा मल्ल र उनकी आमा ८० वर्षिया बेलकुमारी मल्ल र श्रीमती ५५ वर्षिय यमकुमारी मल्ल बेपत्ता भएको महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए ।
घर माथिबाट आएको पहिरोले घर र गोठ पुरै परिएको हो । वेपत्ता भएकाहरुको खोजी र उद्धारका लागि इलाका प्रहरी कार्यालय हुवासबाट प्रहरी निरिक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।
पहिरोले सोहि ठाउँका तीलबहादुर मल्लको गोठ समेत पुरिएको छ । वर्षाले विभिन्न ठाउँको सडक समेत अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Previous Articleपोखरामा पहिरोः अधिकारी परिवार सकुशल, पाहुनाको ज्यान गयो
Next Article युवा प्रतिभा र उद्यमी सम्मानित