बागलुङ, १७ असार – ‘सामाजिक, न्याय, लैगिक समानता र स्वतन्त्रताको आवाज लोक संस्कृति संरक्षणसंगै सभ्य र समृद्ध समाज’ भन्ने मुल नारासाथ बागलुङ सदरमुकाममा भाद्र १ गतेदेखि ३ गतेसम्म तीज महोत्सब हुने भएको छ ।
बागलुङ उद्योग बाणिज्य संघ र महिला उद्यमी विकास समिति बागलुङको संयुक्त आयोजनामा बागलुङमा दोस्रो तीज महोत्सब भब्य र सभ्य रूपमा सम्पन्न गर्ने तयारी भैरहेको शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीले बागलुङ जिल्लालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन सफल भएको कारणले पनि महोत्सबलाई निरन्तरता दिन लागेको केसीले बताइन् ।
महोत्सबमा महिला खुला तीज गित प्रतियोगिता, जातिय भेषभुषा, खुला नृत्य, घैटोफोर प्रतियोगिता हुने तथा राष्ट्रिय तथा स्थानीय कलाकारले समेत सांगितीक प्रस्तुती दिने अध्यक्ष केसीले जानकारी दिइन् ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, संघका प्रेस सल्लाहकार राजेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघका सचिब राम थापा ‘अविरल’, महिला उद्यमी विकास समितिका उषा पौडेल लगायतले बोल्दै तीज महोत्सबलाई मौलिक बनाउन सुझाव दिएका थिए ।
महिला उद्यमी विकास समितिका अध्यक्ष भगवती केसीको अध्यक्षता र सचिव अम्बिका बस्नेतको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ असार १७ गते शनिबारको राशिफल
Next Article सहकारीमार्फत उद्यमी बन्ने प्रयास