धनगढी, १७ असार – चुरे गाउँपालिका जितेर एमालेले कैलाली जिल्लामा विजयी शुरुवात गरेको छ । शनिवार अपरान्ह मत परिणाम सार्वजकि हुँदा एमालेका धनवहादुर रोक्का मगर २५६१ मतका साथ बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टिकाराम ढुंगानाले २३६६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै दीपा साउद २६१६ मतका साथ बिजयी भएकी छन् । किटतम प्रतिद्धन्द्धी कांग्रेसकी धना थापा २३७६ मत पाएर पराजित भइन् ।
गाउापालिकाका ६ वडामध्ये ४ मा एमाले र २ मा कांग्रेसले जितेका छन् ।