बागलुङ, १६ असार – बिद्यामन्दिर पुस्तकालय बालबिकास केन्द्र बागलुङको बिहिबार सम्पन्न अभिभावकको भेलाले बालबिकास केन्द्र लाई राम्रो र ब्यबस्थित बनाउने निर्णय गरेको छ । शैक्षिक सत्र २०७४ मा भर्ना भएका बालबालिकालाई रमाइलो बातावरणमा खेलाउने, भुलाउने, गीत संगीतको माध्यमबाट सिकाउने नयाँ अभ्यास थालनी गरेको बिद्यामन्दिर पुस्तकालय बालबिकास केन्द्र ब्यबस्थापन समितिका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले जानकारी दिए । अहिले मन्टेश्वरी स्कुल खुलेपछि सदरमुकाममा रहेको बालबिकास केन्द्रलाई बालबालिका पु¥याउन हम्मेहम्मे परेको तर बालबिकास केन्द्रलाई सुबिधा सम्पन्न बनाएको राजभण्डारीले बताए । बालबिकास केन्द्र अभिभावक संघको भेलाले राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा कार्यसमिति पुर्नगठन पनि गरेको छ । समितिको सचिवमा उमा क्षेत्री सुवेदी, सदस्यहरूमा रामप्रसाद शर्मा, राम थापा ‘अबिरल’, मन्जु केसी, रामचन्द्र शर्मा, गोबिन्द वझा, अनिश खाती, देवी बिक, सुशिला श्रेष्ठ, सावित्री खड्का, राधा पौडेल र बिमला पौडेल रहेका छन् । भेलाले ब्यबस्थापन समितिको बैठक दुई महिनाको एक पटक बस्ने समेत निर्णय गरेको छ । नेपाल कै पुरानो सामुदायिक पुस्तकालय बिद्यामन्दिर पुस्तकालय बागलुङले २०६५ साल देखि संचालन गर्दै आएको बालबिकास केन्द्रमा अहिले १७ जना बालबालिकाले अध्ययन गर्दै आएको छ ।