सन्तोष गौतम, म्याग्दी, १५ असार- बेनी स्थित जिल्ला युवा समितिको कार्यालयले आर्थिक वर्ष २०७३रु७४ को खर्च विवरण बुधबार सार्वजनीक गरेको छ । समितिको कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष देवीप्रसाद शर्मा (डि.पी)ले चालु आर्थिक वर्षमा १२ लाख १२ हजार २०० रुपैया पुजीगत बजेट खर्च भएको जानकारी दिए । गत माघमा स्थापना भएको समितिको कार्यालय स्थापना र सञ्चालनमा धेरै बजेट खर्च भएको छ । समितिले ग्रामिण युवा उद्यम कार्यक्रम, युवा दिवस तथा महोत्सव, अन्तक्रिया, समाजका लागि युवाको एक दिन, युवा प्रतिभा तथा उद्यमीको खोजी र उनिहरुको कामलाई प्रोत्साहनमा सघाउ पुग्ने कार्यक्रम गरेको अध्यक्ष शर्माले बताए । यसैगरी समितिले युवा महिलाहरुलाई लक्षित गरेर बेनीमा तिन महिने सिलाई बुनाई तालीम सञ्चालन गरेको छ । गत बैशाखबाट सुरु भएको तालीम असार मसान्तसम्म चल्ने जनाइएको छ । तालीममा दश जना युवा महिलाहरुको सहभागिता रहेको छ ।