पर्वत, १५ असार-मोदी गाउँपालिकाको प्रबक्तामा विमल लामिछाने चयन भएका छन् । बुधबार सम्पन्न मोदी गाउँपालिकाको तेश्रो बैठकले लामिछानेलाई प्रबक्तामा चयन गर्ने निर्णय गरेको हो । सो सँगै गाउँपालिकाको पूर्ण बैठकले गाउँपालिका कार्यपालिका कार्य सम्पादन नियमावली २०७४ समेत पारित गरेको छ । पारित सँगै बैठकले विभिन्न ९ समितिहरु गठन गरेको छ । गठित समिति मध्ये मोदी गाउँपालिका वडा नं. ३ का अध्यक्ष देवेन्द्र क्षेत्रीको संयोजकत्वमा सार्वजनिक सेवा तथा क्षमता विकास समिति, वडा नं. ५ का अध्यक्ष दलबहादुर मल्लको अध्यक्षतामा सामाजिक विकास समिति, वडा नं. ६ का विमल लामिछानेको संयोजकत्वमा पूर्वाधार विकास समिति, वडा नं. ४ का मनकुमार पुनको संयोजकत्वमा विधेक समिति, वडा नं. ८ का अध्यक्ष बसन्त गुरुङको संयोजकत्वमा आर्थिक समिति, वडानं. ५ काअध्यक्ष विकास तिमिल्सिनाको संयोजकत्वमा विपत व्यवस्थापन तथा सरसफाई समिति, वडा नं. ७ का अध्यक्ष सुकबहादुर गुरुङको संयोजकत्वमा पर्यटन विकास समिति र वडा नं. १ का अध्यक्ष गौप्रसाद गूरुङको संयोजकत्वमा सुचना तथा सञ्चार समिति गठन गरेको छ । त्यसै गरी गाउँ पालिका सदस्य दुर्गा रसाईलीको संयोजकत्वमा वन वातावरण तथा पर्यावरण समिति गठन गरेको छ । सोही बैठकले गाउँ सभा योजना सम्बन्धि तयारी गर्ने निर्णय समेत गरेको छ ।
Previous Articleसहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो
Next Article युवा समितिको १२ लाख सकियो