बागलुङ, १० असार – बागलुङ जिल्लाका जनप्रतिनिधिलाई सुचना र संचारको माध्यमबाट जनतालाई सुशासन दिलाउने उद्देश्यले बागलुङ सदरमुकाम बागलुङ बजारमा शुक्रबार सूचना प्रविधि (आइटी सेमिनार) गरिएको छ ।
नेपाल कम्प्युटर महासंघ जिल्ला शाखा बागलुङको आयोजनामा भएको कार्यक्रममा बागलुङ नगरपालिका कार्यालयका मेयर, उपमेयर सहित १४ वटा वडाका वडाअध्यक्ष, जिल्ला स्थित १० स्थानीय तहका प्रमुख उपप्रमुख, विषयगत संघसंस्थाका प्रमुख, संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा नगरपालिकालाई डिजिटल र गाउँपालिकालाई स्मार्ट भिलेजको रुपमा विकास गर्न सकिने सम्भावना र चुनौतिको विषयमा जनप्रतिनिधिहरुलाई जानकारी गराइएको थियो ।
अहिले सूचना र संचारको पहुँच जनताको हातहातमा भएतापनि यसको दुरुपयोग समेत हुन थालेको हुँदा यसबारे सचेत हुन जरुरी रहेको कार्यक्रमका वक्ताहरुले बताए थिए । उनीहरुले अहिलेको नयाँ प्रबिधिलाई अंगाल्न जरुरी रहेको बताउँदै प्रविधिको सहि प्रयोग गर्नको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख चन्द्र कुबिर खापुङ, (कम्प्युटर एसोसियसन नेपाल) क्यानका केन्द्रीय अध्यक्ष बिनोद ढकाल, क्यानका पुर्ब अध्यक्ष बिप्लबमान सिंह, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले बोलेका थिए ।
कार्यक्रम नेपाल कम्प्युटर महासँंघ जिल्ला समिति बागलुङका अध्यक्ष कुमार पौडेलको अध्यक्षता, केन्द्रीय सदस्य अर्जुन घिमिरेको स्वागत र पूर्व जिल्ला सचिव सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्यानका पूर्व अध्यक्ष विप्लबमान सिंह, अध्यक्ष विनोद ढकाल र केन्द्रिय सदस्य अविजित गुप्ताले स्मार्ट भिलेज, विद्युतिय हस्ताक्षर, साईवर क्राइम लगायतका इन्टरनेटको बारेमा प्रशिक्षण दिएका थिए ।
Previous Articleमातृभुमी सहकारीको स्थापना दिवस
Next Article अतिक्रमणको सिकार बन्दै म्याग्दीका नदी