बागलुङ, १० असार – मातृभुमी बहुउद्देश्यीय सहकारी सस्था बागलुङले १० औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा बानपा ४ कुडुलेमा रहेको मुक्तिनाथ वेद विद्याश्रम र उपल्लाचौरमा रहेका नेपाल सुस्तमनस्थीति कल्याण सस्थामा खाद्यान्न तथा शैक्षिक सामाग्रि हस्तान्त्रण गरेको हो । स्थापना दिवसको अवसरमा वेद विद्याश्रमा १५ हजार वरावरको दैनिक उपभोज्ञ सामाग्रि हस्तान्त्रण गरिएको छ । सहकारीका अध्यक्ष गुणराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमा वनापा ४ का वडा अध्यक्ष धुव्रवहादुर केसी, विद्याश्रमका उत्तराधिकारी ऋषि प्रपन्नाचार्य, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष लगायतले सहकारीले आर्थिकसंगै समाजिक क्षेत्रमा गरेको काम स्रह्निय भएको बताएका थिए । शिक्षा उपसमितिका संयोजक टिकाराम सापकोटाले स्वागत गरेको कार्यक्रमको संचालन सचिब रामप्रसाद शर्माले गरेका थिए ।
Previous Articleविद्यार्थीलाई शैक्षिक सामाग्री
Next Article जनप्रतिनिधीलाई आईटी सेमिनार