म्याग्दी, ९ असार – रक्तक्यान्सरबाट पिडित धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि दक्षिण कोरीयाबाट ७५ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सञ्चालन गरेको फुलमाया बचाउ अभियानका क्रममा मोना कोरीयाका सचिव सुनेस केसीको पहलमा कोरीयामा संकलीत रकम बिहीबार हस्तान्तरण गरिएको हो । केसीका दाजु दिनेश र भाई बिनोदले कोषका अध्यक्ष राजेश शाक्य र अभियानका संयोजक सन्तोष गौतमलाई रकम हस्तान्तरण गरेका थिए । सोही अवसरमा ताकमका दिनेश केसीले व्यक्तिगत रुपमा दश हजार रुपैयाँ भण्डारीको उपचारका लागि सहयोग गरेका छन् । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि शान्ति कोषले फुलमाया बचाउ अभियान सञ्चालन गरेको छ । कोषले फुलमायाको उपचारका लागि करिब आठ लाख रुपैयाँ सहयोग जुटाई उपलब्ध गराएको जनाएको छ । विपी कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचार गराईरहेकी भण्डारीको स्वास्थ्यमा सुधार भएको र डिस्चार्ज हुने तयारीमा रहेको फुलमायाका श्रीमान रोशन भण्डारीले बताए ।
Previous Article२०७४ असार ९ गते शुक्रबारको राशिफल
Next Article सामाजिक सुरक्षा भत्ता बैंकबाट लिन सकिने