बागलुङ, ९ असार – जिल्लाको गल्कोटमा सामाजिक सुरक्षा भत्ता अब बैंकबाट लिन सकिने भएको छ । चालु आर्थिक बर्ष २०७३ ।७४ देखि बैंकिङ्ग प्रणाली मार्फत सुरक्षा भत्ता वितरण गर्न लागिएको हो ।
गल्कोट नगरपालिकाले गल्कोट स्थित प्रभु बैंक र ग्लोबल आईएमई बैंकसँग सामाजिक सुरक्षा भत्ता वितरण गर्न सम्झौता गरेको छ । प्रभु बैंक गल्कोट शाखाले गल्कोट नगरपालिका भित्रका ३, ४, ५, ६, ७ र ९ वाडमा बितरण गर्ने जिम्मेबारी लिएको छ भने ग्लोबल आईएमई बैंक गलकोट शाखाले नगरपालिका भित्रको वाड नम्बर ८ मा बितरणको जिम्मेबारी लिएको छ ।
त्यस बाहेकका अन्य वाडमा भने वाड कार्यालय मार्फत बितरण गरिने गल्कोट नगरपालिकाको कार्यालयले जनाएको छ । यी दुई बैंकमा शुन्य मौज्दातमा ब्यक्तिगत वचत खाता खोली सोहि खातामार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सकिनेछ । बैंकिङ्ग प्रणालीमार्फत वितरण गर्दा पारदर्शिता हुने, अनियमितताको अन्त्य हुने र सम्बन्धित ब्यक्तिले मात्र लाभ लिन सकिने प्रभु बैंक गल्कोट शाखाका प्रबन्धक चेतनारायण गौतमले बताए ।
ग्लोबल आईएमई बैंकले हिँजो बुधबारदेखि भत्ता बितरण कार्य सुरु गरेको छ । बिहिबारसम्म करिब १ सय जना भन्दा बढिलाई बितरण गरिएको बैंकका प्रबन्धक हेमराज शर्माले जानकारी दिए । आर्थिक बर्ष २०७३ चैत्रदेखि २०७४ असारसम्म ४ महिनाको भत्ता बितरण गरिने बैंकले जनाएका छन् । जसअन्तर्गत पुर्ण अपाङगतालाई ८ हजार, दलित बालबालिकालाई १ हजार ६ सय, जेष्ठ नागरिकलाई ८ हजार, एकल महिलालाई ४ हजार, आंशिक अपाङगतालाई २ हजार ४ सयका दरले बितरण गरिने बताईएको छ ।
प्रभु बैंकले भालिदेखि भत्ता बिरतण सुरु गर्ने छ । सामाजिक सुरक्षा भत्ता लिनको लागी बैंकमा अनिर्वार्य खाता खोल्नुपर्ने बैंकले जनाएको छ ।
Previous Articleफुलमाया उपचारको लागि आर्थिक सहयोग
Next Article केन्द्रिय विद्युत विस्तार गरिने