बागलुङ, ८ असार-धवलागिरी बहुमुखी क्याम्पसमा नेविसंघ इकाई समिति विस्तार भएको छ । दिनेश पन्त अध्यक्ष रहेको २९ सदस्यीय नेपाल विद्यार्थी संघ धवलागिरी इकाइ समिती विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा गोविन्द शर्मा,लुमा घर्ती पुन, प्रकाश आचार्य रहेका छन । सचिवमा दिपक सुवेदी र शुरक्षा खड्का,सहसचिव सुदीप कडेँल,आशिष बोसेल,कुशल पुन,प्रकाश आचार्य,कोषाध्यक्ष पूजा गौतम रहेका छन ।
सदस्यहरुमा सविन रिजाल,कमला आचार्य,श्याम गैरे,राजकुमार सुनार,राज थापा,सम्झना काउँचा,भ्रमण श्रीस,चन्द्र सापकोटा, विपना शाही,मनिशा गौतम,आशिष केसी,सिता सापकोटा,सिता शर्मा,सन्तोष अधिकारी,कृष्ण पौडेल,परिष्मा दर्जी,गणेश पौडेल र रमेश रिजाल रहेका छन । स्ववियु निर्वाचनका समयमा भएको समझदारी समेत स्मरण गर्दै गतिशिल र सुदृढ बनाउन विद्यार्थीको रचनात्मक र सिर्जनात्मक अभियान सञ्चालनका लागि नेविसंघको इकाई समितिका काम गर्ने नेविसंघ धवलागिरी बहुमुखी इकाई समिति अध्यक्ष दिनेश पन्तले बताए ।