बागलुङ, ८ असार-अबिरल बर्षाका कारण गौदी खोलाको निर्माणाधीन मोटरेवल पुलमा ३० लाख बराबरको क्षति पु¥याएको छ । गल्कोट नगरपालिका वाड नम्बर ३ र ६ जोड्ने हटिया शिवालयघाटमा निर्माणाधीन मोटरेबल पुलमा गौदी खोलामा आएको बाढीले गत केहि दिनमै रु. ८ लाख बढिका निर्माण सामाग्री पुरिएका छ । त्यस्तै पानी फाल्ने मेसिन जेकजाँच गर्ने क्रममा एक जना कामदारको केहिदिन पहिले मृत्यु हुँदा निजको क्षतिपुर्तिमा करिब १० लाख खर्च भएको नयाँ बाटो जुल्ली आचार्य निर्माण कम्पनीका प्रतिनिधि सँगम घर्तीले बताए । यसैबिच गए रातिको बर्षाका कारण खोलाको पानी निर्माण स्थलमा भरिएपछि करिब १२ लाख बढिको सामाग्री पुरिएको घर्तीको भनाई छ । हटिया तर्फको भागमा निर्माण गरिरहेको पुलको पिल्लरको करिब २ मिटर भाग पानीले भरिएको छ । बाढि पसेपछि एउटा पानी तान्ने मोटर, स्काफेल्डिङ पाईप, पोलाईट लगायतका सामाग्री पुरिएको निर्माण कम्पनीले जनाएको छ । पानीको सहत सँगै निर्माण स्थलमा ढुङगा, बालुवा, माटोे भरिएका कारण स्काभेटरको प्रयोग गरि पुरिएका समाग्री निकाल्नुपर्ने अवस्था आएको छ । यतिबेला पुलको भट्रिकलको कार्य भईरहेको छ । बाढी पसेपछि हटियाको सार्वजनिक शौचालय, शव गृह घर र गल्कोट एफ एम भएको भवन समेत जोखिममा परको छ ।
Previous Articleविश्व योग दिवस
Next Article धवलागिरी बहुमुखी क्याम्पस नेविसंघ इकाई समिति विस्तार