बागलुङ/ सभासद ज्ञानकुमारी छन्त्यालले दोस्रो संविधानसभाको चुनाबपछि जनताको अधिकार सुनिश्चित गर्दै मुलुकमा नयाँ संविधान जारि गर्न सफल भएकाले स्थानीय तहको निर्वाचन मार्फत त्यसलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छिन । जनताको अधिकार सुनिश्चित गरि महिला दलित अल्पसंख्यकको आरक्षण सहित न्याय दिलाउन लागि पनि आवधिक चुनाब आवश्यक भएको उनको जोड थियो ।
जिल्लाको निसिखोलामा आयोजित महिलाको न्यायमा पहुँच र आयआर्जन क्षमता बिकास तालिमको उदघाटन गर्दै सभासद छन्त्यालले भनिन, नयां संबिधानमां महिलाहरुलाई ३३५ अधिकार सुनिश्चित गरेकोले महिला नेतृत्वको लागि निरन्तर क्षमता बिकास गर्दै उनीहरुको आर्थिक बिकासमां जोड दिनु पर्दछ । निसिखोला गाउपालिका वार्ड नं ५ निसिमा महिलाको न्यायमा पहँुच र कृषिमा आधारित तरकारी खेती क्षमता बिकास अभिमुखिकरण तालिम तथा सहयोग सम्बन्धि दुई दिवसीय कार्यक्रमको आयोजना गरिएको थियो ।
आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सँयुतm आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो । निर्वाचन क्षेत्र बिकास कोष क्षेत्र नं ३ र जिससको आर्थिक सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा निसिखोला गाउपालिका वडा न ५ निसि र वार्ड नं ६ भल्कोटका ७५ महिलाहरु तथा स्थानिय जनप्रतिनिधिहरुको सहभागिता रहेको आयोजक सीताराम थापाले जानकारी दिए ।
सो अवसरमां बोल्दै सत्कर्म नेपालका कार्यकारी प्रमुख सिताराम थापाले महिला सदियौ बर्ष देखि पितृसत्ताको जातोमा पिसिएकाले न्याय र उन्मुक्ति चाहने हुँदा यसको लागि प्रत्येक बर्ष महिलाहरुको क्षमता बिकास गरि न्याय सुनिश्चित प्रकृया अघि बढाउन र आधुनिक खेती गरि अर्थाेपार्जन गर्न सो कार्यकर्मको आयोजना अभियानको रुपमा गरिएको बताए ।
कार्यकर्ममा संस्थाको ज्ञानु थापामगर, सागर छन्त्याल, पुर्व जिबिस सदस्य तुलासिह घर्ती मगर, वडा सदस्य सुनिल बि.क., नेपाली कांङगेसका गाउँ सभापति सान्त छन्त्याल, ज्ञानेन्द्र माबिका प्रअ अमृता बुढा मगर, जनज्योति प्राबिका प्रअ जनक छन्त्याल, वार्ड सदस्यहरु गौमति कुमाल, महेन्द्र कुमारि घर्तीमगर, ददिकला बिक, तेजेन्द्र पुन, चुले बिक, रबिमला घर्ती, बेलमति सुनार, समाजसेबी चन्द्रकला बुढा मगर, ज्ञानेन्द्र माबिका शिक्षक तालमाया पुन, ज्ञानेन्द्र माबिका शिक्षक सुनिता पुन लगायतले आफ्नो धारणा राखेका थिए ।
महिलाको न्याय अधिकार र कोषमा आधारित आधुनिक खेतिको बारेमा प्रशिक्षक सिताराम थापा र ज्ञानु थापा मगरले सहजिकरण गरेका थिए । वार्ड अध्यक्ष हर्कमान घर्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगरले सञ्चालन डीलमाया पौवीले गरेका थिए भने कार्यक्रमको उदेश्यमाथि आयोजक संस्थाका अध्यक्ष सिताराम थापाले प्रकाश पारेका थिए ।