बागलुङ, ८ असार-बडीगाड गाउँपालिका वडा नम्बर ७ साविकको भिमगिठे गाविस–५ मा दलित महिलाहरुको सक्रियतामा निर्माण गरिएको शिवालय मन्दिरको बुधबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्ने बक्त्ताहरुले मन्दिर निर्माण मात्र गरेर नभई त्यसको संरक्षणमा पनि लाग्न आग्रह गरेका थिए । लक्षितबर्ग बाट छुटिएको ४० हजार र जनश्रमदान गरि कुल ३ लाख ९० हजार लागतमा नव निर्मित मन्दिरको बुधबार औपचारिक रुपमा उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै दलित अधिकारकर्मी तथा समाजसेवी टिपुरे सुनारले दलित हक हितका लागी आफु बोल्दै आएको र अझै पनि समाजमा हुने जातिय छुवाछूत अन्त्य नभएकाले सबै दलित एक हुनुपर्नेमा जोड दिए । उनले हुने खाने दलितले नै दलितलाई पछाडि पारेको बताए । सो अबसरमा समाजसेवी टिपुरे सुनार अन्य अथितीहरुले जम्मा २० हजार ३ सय ६ रुपैयाँ मन्दिरलाई सहयोग गरेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका हेमराज चालिसे, एमालेका कृष्ण भट्टराई र माओवादी केन्द्रका डोरबहादुर खड्का लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रमा खड्ग जयन्ती युवा क्लबका पुर्वअध्यक्ष चुरा केसी, दिनेश शर्मा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम शिवको मुर्तिमा प्राण प्रतिष्ठा गरि मन्दिर भित्र राखिएको छ । कार्यक्रममा दलित महिला समुहकी अध्यक्ष तुल्सी बिकको अध्यक्षता, सदस्य बुद्ध बिकको स्वागत मन्तव्य र पत्रकार विमल खड्काको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleज्यामरुककोट ओझेलमा
Next Article जनताको बिकास स्थानीय तहबाट – सांसद छन्त्याल